त्रिभुवन बहुमुखी क्याम्पसले मनायो वार्षिकोत्सव

पाल्पा, असार २६/त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले वार्षिक उत्सव मनाएको छ । बुधबार क्याम्पस परिसरमा वृक्षारोपण र सरसफाई गरेर आफ्नो ६६ औं तथा त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव मनाएको हो । वृक्षारोपण तथा सरसफाई कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी र कर्मचारीहरुले क्याम्पस वरपर विभिन्न जातिका ५० भन्दा बढी विरुवाहरु रोप्नुको साथै झाँडी सरसफाई गरेका थिए ।

वृक्षारोपण तथा सरसफाईपछि कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख जीवनबहादुर थापाले मानिसलाई स्वच्छ रहन स्वच्छ अक्सिजनको आवश्यक पर्ने भएकाले वार्षिक उत्सवका अवसरमा क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाई गरिएको बताए । उनले भने ‘पश्चिमाञ्चलकै ऐतिहासिक तथा पुरानो क्याम्पस भएकाले पनि यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि शान्त, रमणीय र स्वच्छ वातावरणमा अध्ययन गर्नका लागि वृक्षारोपणले महत्वपूर्ण टेवा पुग्ने छ ।’

कार्यक्रममा सहायक क्याम्पस प्रमुख युवराज पौडेल, पुस्कर आचार्य, नेविसंघका केन्द्रिय सदस्य हरीबोल भट्टराई लगायतले हरियाली, शान्त रमणीय वातावरण सिर्जन गर्न वृक्षारोण महत्वपूर्ण सावित हुनेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •