तेस्रो अल अमिर इस्लामिक क्रिकेट कपको उपाधी लुम्बिनी युथ क्लवलाई

इमानसिं राना
पाल्पा (रामपुर), पाल्पाको रामपुर क्षेत्र कै हाल सम्मको सर्वाधिक राशीको तेस्रो अल अमिर इस्लामिक क्रिकेट कपको उपाधी लुम्बिनी युथ क्लव भैरहवाले जितेको छ । उपाधीको लागि शनिबार बेझाँड खेल मैदानमा भएको फाईनलमा इस्लामिक सक्रिय युवा समाज रामपुरलाई ९६ रनले पराजित गर्दै लुम्बिनी युथ क्लवले उपाधी हात पारेको हो । साथै इस्लामिक सक्रिय युवा समाजले उपविजेतामा चित्त बुझाएको छ ।
सुरुमा टस जिटेर बलिङ गरेको आयोजक इस्लामिक सक्रिय युवा समाज सामु लुम्बिनी युथ क्लवले २० ओभरको खेलमा ४ विकेटको क्षति संगै २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । खेलमा बसिर अलीले ८९ रन र रुपेश थापा ४७ रन जोड्न सफल भएका थिए । भने इस्लामपुरका बलर शविर अली र इव्राहिम शेखले २/२ विकेट लिए । लुम्बिनीले दिएको लक्ष्य भेटाउने प्रयासमा इस्लामिक सक्रिय युवा समाज १८ ओभरमा १ सय ५१ रन सहित अल आउट भएको थियो । खेलमा शविर अलीले ४७, आरिफ शेखले ३७ रन जोडे भने लुम्बिनीका फिरोज आलमले ४ विकेट, रुपेश थापाले २ विकेट लिए । प्रतियोगितका विजेता र उपविजेता समुहले क्रमश नगद ५० हजार र २५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

इस्लामिक सक्रिय युवा समाजको आयोजनामा गत माघ २२ गते देखि जारी प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, कास्की, बाग्लुङ लगाएतका स्थानका १६ क्रिकेट समुहको सहभागीता रहेको थियो । प्रतियोगिता अवधि भरमा रक ११ वालिङ वेष्ट टिम भए । त्यस्तै इमरजिङ प्लेयर इस्लामिक सक्रिया युवा समाजका शोयव अली, वेष्ट व्याट्स म्यान र म्यान अफ दि सिरिज लुम्बिनी युथ क्लवका बसिर अली, र वेष्ट बलर रक ११ वालिङका सुरज गुरुङ भएका छन् ।

प्रतियोगितामा विजेता, उपविजेता र उत्कृष्ठ खेलाडीलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्दै रामपुर नगरपरालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरमा खेलको सम्भावना रहेको बताउँदै खेलकुदको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले क्लवले खेल क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि उल्लेखनिय योगदान दिएको बताउँदै यस्ता प्रतियोगिताले स्थानिय स्तरमा रहेका प्रतिभालाई राष्ट्रिय स्तर सम्म पु¥याउन सहयोग गर्ने बताए । कार्यक्रममा ब्रदर्श ग्रुपका प्रमुख सम्शुल हक मियाँ, जिल्ला खेलकुद विकास समिति पाल्पाका सदस्य कमल सेन, रामपुर खेलकुद विकास समितिका अध्यक्ष शंकर खाँण र समाजसेवी हाजी हजिल दिन मियाँले बोल्दै बढ्दो क्रिकेटको मोह संगै यसको विकासमा क्लवले गरेको कार्यको प्रशंसा गरेका थिए । इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष महम्मद इब्राहिमको अध्यक्षता भएको कार्यक्रम युवा समाजका पुर्व अध्यक्ष इरशाद अली शेखको स्वागत बाट सुरु भएको थियो । सञ्चालन सदस्य महमद अलीले गरेका हुन् ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *