तिहार नजिकिएसँगै मिठाई पसलहरुमा अनुगमन

कृष्ण पोखरेल
तानसेन, कार्तिक ,
<strong>तिहार तथा दिपावलीलाई लक्षित गरी तानसेनका मिठाई पसलहरुमा अनुगमन गरिएको छ । मिठाईको उत्पादन तथा विक्रिमा गुणस्तरीयता कायम गर्नका लागि अनुगमन केन्द्रित गरिएको हो । तिहार नजिकै जादाँ विभिन्न किसिमका मिठाईको कारोवार बढ्दै गएको समयमा अनुगमन टोलीले तानसेनका मिठाई पसल तथा उत्पादन स्थलहरुमा अनुगमन गरेको हो ।
अनुगमनमा मिठाई उत्पादन हुने स्थान, सामाग्रीहरुको प्रयोग, मिठाईमा प्रयोग गरिने साम्रागीहरुको गुणस्तरीयता, उत्पादन स्थलको सरसफाई, उत्पादनको प्याकिङ्गको अवस्था, मिठाई विक्रि गर्ने स्थानहरुको निरिक्षण गरिएको थियो । तानसेनका विभिन्न मिठाई पसलहरुमा गरिएको अनुगमनमा उत्पादन स्थलमा मिठाईहरु नछोपी राखिएको, मिठाई उत्पादनमा विरामी कामदारको प्रयोग गरिएको, किचनमा पूर्ण रुपमा सरसफाई नभएको, मिठाई प्रयोग गरिने फलेवरको उपभोग्य मिति सकिएको, मिठाईमा चमक ल्याउन, मानिसले प्रयोग गर्ने गरी फेस वास राखिएको , उपभोग्य मिति सकिएका विभिन्न किसिमका जुस तथा पेप्सी र मिरिण्डाको बोतल भेटिएको मिठाईमा प्रयोग गरिने चान्सीहरुमा झिगां मरेको भेटिएको थियो ।

विक्रि स्थल तथा पसलमा राखिएका मिठाई लोभ लाग्दा आकर्षक खाउँ खाउँ देखिए पनि, मिठाई उत्पादनको किचनलाई सरसफाई व्यस्थित रुपमा प्रयोगमा ल्याई उपभोक्तालाई गुणस्तरीय स्वस्थ, मिठाई खुवाउन सकियोस भनी मिठाई पसल केन्द्रित अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत एवं सूचना अधिकृत हुम बहादुर पाण्डेले बताए । एक पटक अनुगमन भएका पसलहरुको पुन एक महिना पछी अनुगमन गर्दा समेत हाल देखिएका कमी कमजोरी देखिएका सम्बन्धित व्यवसायीहरुलाई सिधै कानुनी कारवाहीका लागि मुद्दा चलाउने अधिकृत पाण्डेले बताए । अनुगमन टोलीले सुपरटप मिष्ठान्न भण्डार, मोहन रेष्टुरेष्ट, होटल डायमण्ड, ज्वाला रेष्टुरेष्ट, श्रीनगर डेरी उद्योग, न्यू शर्मा होटल, पोखरेल खाजा घर, न्यू खनाल मिष्ठान्न भण्डारको निरक्षण गरेको थियो । अनुगमनमा जिल्ला प्रशासन, तानसेन नगरपालिका, जिल्ला प्रहरी, खाद्य तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योग, राष्ट्रिय अनुसन्धान, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *