तिनाउ गाउँपालिकाको बजेट ४० करोड ४७ लाख

पाल्पा, असार २७/तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले पाँचौ गाउँसभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले गाउँसभा मार्फत ४० करोड ४७ लाख बजेट पारीत गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले जानकारी दिए । भौतिक पूर्वधार, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्रथमिकतामा राखेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए । गाउँपालिकाले आगामी वर्षको लागि प्रत्येक वडालाई एक/एक करोड बजेट विनियोजन गरेको छ, यस्तै मोटरबाटो निर्माण तथा स्तरउन्नतीलाई ९० लाख, शिक्षामा १ करोड, कृषिमा ६० लाख, स्वास्थ्यलाई ६० लाख, पशु विकासलाई ४० लाख, लक्षित वर्गका लागि ३० लाख, फुसको छानो विस्थापनमा ३० लाख, गाउँपालिकाको भवन निर्माणमा एक करोड, तिलोत्तमा माविलाई प्राविधिक शिक्षा सञ्चालनार्थ ५० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए । गाउँपालिकाले आगामी वर्षदेखि किसानलाई २ रुपैंयाँ उत्पादनमा दुधमा अनुदान दिईने अध्यक्ष घर्तीले बताए । त्यस्तै गाउँपालिकाले स्वास्थ्य तर्फ एक/एक वटा ल्याव र बर्थिङ्ग सेन्टर स्थापनाको लागि बजेट विनियोजन गरेको छ । शिक्षातर्फ ४ वटा विद्यालयमा छात्रावास, प्रतिस्प्रर्धात्मक कार्यक्रम, नैतिक शिक्षा प्रदान गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । सभामा उपाध्यक्ष दमयन्ती थापाले आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *