तिनाउलाई हराउँदै बगनासकाली विजयी

पाल्पा, चैत २९/तिनाउ गाउँपालिकालाई हराउँदै बगनासकाली गाउँपालिका विजयी भएको छ । तानसेनको बासटारीमा सञ्चालित खुल्ला भलिवल प्रतियोगिताको दोस्रो दिन २–१ को सोझो सेटमा तिनाउलाई हराउँदै बगनासकाली विजयी भएको हो ।

महोत्सवको अवसरमा वंश गोपाल युवा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन भएको छ  । प्रतियोगिताको उद्घाटन खेलमा गोरखदल गण पाल्पा र पूर्वखोला बीच खेल भएकोमा गोरखदल गणले ३–० को सोझो सेटमा पूर्वखोलालाई हराएको थियो । प्रतियोगितामा १२ समूहको सहभागिता रहेको छ । खेलमा प्रथम हुने समूहलाई एक लाख, प्रमाणपत्र, ट्रफी, दोस्रो समूहलाई ५० हजार प्रमाणपत्र, ट्रफी, तेस्रो हुनेलाई ३० हजार, प्रमाणपत्र, ट्रफी र सान्त्वना हुने समूहलाई १५ हजार प्रमाणपत्र, ट्रफी प्रदान गरिने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *