तानसेन नगरकार्यपालिका सदस्यलाई गाली वेइज्यतिको मुद्दा

हाम्रा संवाददाता
तानसेन, जेठ ३/तानसेन १३ का वडा सदस्य तथा तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले गाली वेइज्यति गरेको भन्दै उनकै टोलका एक व्यक्तिले जिल्ला अदालत पाल्पा समक्ष गाली वेइज्यतिको मुद्दा दायर गरेका छन् ।
तानसेन नगरपालिको तर्फबाट वडा–१३ को केरवादी टोलमा खानेपानी योजना निर्माणका विषयमा छलफल गर्ने क्रममा मंसिरको दोस्रो साता कार्यपालिका सदस्य भण्डारीले सार्वजनिक स्थलमै गाली वेइज्यति गरी अपमान र आफ्नो मान प्रतिष्ठानमा समेत आँच पर्ने गरी गरेको व्यवहारले आफ्नो मानहानी भएको भन्दै सोही टोल निवासी ४२ वर्षका शेषकान्त पाण्डेले जिल्ला अदालत पाल्पामा गाली वेइज्यति मुद्दा दर्ता गराएका हुन् । जनताको मतबाट निर्वाचित तानसेन नगरपालिका १३ की महिला सदस्य तथा कार्यपालिका सदस्य कमला भण्डारीले गाली वेइज्यति गरेको भन्दै उनकै वडावासीले जिल्ला अदालतमा किन मुद्दा दिनुपर्ने भयो त ? भन्ने जिज्ञासा राख्दा ‘सार्वजनिक रुपमा गाली गर्ने काम भयो, सार्वजनिक ओहदामा रहेका जनप्रतिनिधी, नगरसरकारको जिम्मेवार पदाधिकारीबाट यस्तो भएकाले मैले सहन नसकेका कारण, सम्मानित न्यायलयको शरणमा गएको हुँ, अहिले पनि मेलमिलाप गर्नु प¥यो, भनेर जताततैबाट दवाब आएको छ ।’तर मेरो मनले मान्दैन, पीडित पाण्डेले गुनासो गरे । कार्यपालिका सदस्य भण्डारी माथि उनकै टोलका पाण्डेले दिएको मुद्दाका विषयमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भण्डारी गाली वेइज्यति गर्ने स्वभावको नेतृ नभएको बताउदै ‘यसरी कपोल कल्पित आरोप लगाएर मुद्दा दिने काम राम्रो भएन, छलफल र मेलमिलापको वातावरण तयार गर्नुपर्छ’ भने । तानसेन नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक लक्ष्मी देवी पाठकले हरेक समस्याको समाधान मेलमिलापबाट गर्नु पर्ने बताईन् । उनले भनिन् ‘यो मुद्दा मामला गर्ने विषय नै होइन, एउटै टोल, एउटै विचारका दुई सामाजिक क्षेत्रमा महत्वपूर्ण व्यक्तिहरु बीच द्वन्द्व हुनु आफैमा राम्रो पक्ष होइन ।’सम्मानित अदालतमा परेको मुद्दालाई मेलमिलापबाटै समाधान गर्नुको विकल्प नभएको उपप्रमुख पाठकले बताईन् । प्रतिवादी वडासदस्य तथा कार्यपालिका सदस्य कमला भण्डारी संग प्रतिक्रिया लिन खोज्दा, यो बिषयमा म केही पनि वोल्न चहान्न, मलाई नसोध्नुहोस, वादी शेषकान्त संगै सोध्नुहोस, मैले गाली वेइज्यति गरे नगरेको अदालतले नै निर्णय गर्ला भनिन्, ।

मुलुकी अपराध संहिता ऐन २०७४, अन्तर्गत गाली वेइज्यति मुद्दा जिल्ला अदालत पाल्पामा दर्ता भएको कानुनी व्यवसायी तथा अधिवक्ता बाबुराम भट्टराईले बताए । ’ पिडित पाण्डेले आफु माथि गाली वेइज्यति भयो भन्ने फिराद सहित अदालतमा मुद्दा दर्ता गराएपछि सदस्य भण्डारीको तर्फबाट प्रतिउत्तर दिएको तानसेन नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता जोगबहादुर विकले जानकारी दिए । उनले भने ‘जिल्ला अदालतबाट जेठ २३ गतेका लागि दिइएको तारेखमा साक्षी वकाउँने काम हुनै छ ।’ अनुसन्धानका लागि आवश्यक प्रमाणहरु जुटाउँने काम भइरहेको र सकेसम्म यस्ता विवाद मेल मिलापबाटै समाधान गर्ने प्रयास जारी रहेको अधिवक्ता विकले स्पष्ट पारे । नयाँ संविधान कार्यान्वयन पछि वादविवाद समाधान गर्न अद्र्धन्यायिक निकायका रुपमा कतिपय अधिकारहरु स्वयं स्थानीयतहका उपप्रमुखलाई दिईएको भए पनि यसरी कार्यपालिका सदस्यलाई आफ्नै टोलवासीले गाली वेइज्यति भनेर अदालतमा मुद्दा दायर गरेको यो प्रदेशकै पहिलो घटना हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *