तानसेनमा होण्डा सोरुम सञ्चालन

पाल्पा, पुस २५/तानसेनमा न्यू होण्डा सोरुम सञ्चालनमा आएको छ । सोरुम त्रिपुत्र इण्टरनेशनलले सञ्चालनमा ल्याएको हो ।
तानसेनको मेहलधारामा सञ्चालन भएको सोरुमको प्रमुख अतिथि पूर्व उद्योगमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेले एक कार्यक्रमको बीच उद्घाटन गरेका थिए । उनले योजना बनाएर लगानी गर्नसके युवा रोजगारका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताए ।

लगनशील र मेहनती भएर काम गर्नसके नेपालमै गरेको व्यवसायले धनि र सुखी हुनसक्छौ र केहि गर्ने योजनाका साथ अगाडि बढेका युवालाई राज्यले पनि लगानी गर्न आवश्यक रहेको पाण्डेले बताए । सोरुमका संचालक यज्ञप्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेकपा पाल्पाका नेता नेत्र पाण्डे, नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिरे, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्मा, गल्या· उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष लेखनाथ भट्टराई लगायतले शुभकामना दिएका थिए । सोरुममा होण्डा ब्राण्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर पाइनुका साथै पुरानासँग नयाँ साट्ने व्यवस्था रहेको प्रोपाइटर यज्ञप्रसाद अर्यालले बताए । उनका अनुसार कम्पनीबाट नै उपलब्ध भएका सामग्री सहित सर्भिसि·को व्यवस्था समेत रहेको छ । झण्डै दुइ करोडको लगानीमा सोरुम सञ्चालन गरिएको उनले जानकारी दिए । पत्रकार डिल्लीराम अर्यालको स्वागत रहेको कार्यक्रममा पत्रकार मिलन विश्वकर्माले सञ्चालन गरेका थिए ।

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *