तानसेनमा सौभाग्य कलाकेन्द्रको उद्घाटन

पाल्पा, माघ १३/तानसेनमा सौभाग्य कला केन्द्रको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच तानसेन ७ देवकोटाचोकमा केन्द्रको उद्घाटन गरिएको हो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले केन्द्रको उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कलाको संरक्षण र सम्वद्र्धन गर्न खोलिएका यस्ता खालका केन्द्रहरुले जिल्लाको कला संस्कृतिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बजारमा मात्रा सिमित कला केन्द्रहरु बजारको पहुँचभन्दा बाहिर पनि खोलिनुले दबिएर रहेका कलाको पनि प्रस्फुटन हुने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले कला केन्द्रको शुभराम्भ गरेकोमा संस्था परिवारलाई धन्यवाद दिए । १ लाख ८ हजारको लागतमा केन्द्र सञ्चालनमा आएको हो । जिल्लाका क्रियाशील कलाकारहरु कमल भट्टराई, विजय वोम्डेल, डान्सर गोकुल सारुले संयुक्त रूपमा सञ्चालनमा ल्याएका हुन् । कार्यक्रममा लोक गायक प्रेम लामिछाने मगर, थम्बल रास्कोटी मगर शित्तल लामिछाने मगर, विजय बोम्डेल, कमल भट्टराई, शिव भट्टराई, सुमन गैरे, गोकुल सारु लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares