तानसेनमा खाद्य स्वच्छता सम्वन्धी तालिम

पाल्पा,जेठ १०/ खाद्य स्वच्छता सम्बन्धी दुई दिने तालिम तानसेन नगरपालिका २ मा भएको छ । खाद्य तथा गुण डिभिजन नियन्त्रण कार्यालयको आयोजनामा तालिम सञ्चालन भएको हो । दुई दिनसम्म सञ्चालित तालिममा डिभिजन कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठले सबै उपभोग्य वस्तुको प्रयोग, स्वच्छाता सम्बन्धमा आम उपभोक्ता नै सचेत र सजक हुनुपर्ने भन्दै तालिममा सहजीकरण गरेका थिए । बजारमा पाइने सबै उपभोग्य वस्तुको सहज रुपमा उपभोग गर्न नमिलेर म्याद सकिएको हुनाले उपभोक्ताले स्वच्छ वस्तुको उपभोग गर्न पाउनु आम उपभोक्ताको अधिकार भएकाले त्यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । वडा २ का कार्यवाहक वडा अध्यक्ष महेश्वर श्रेष्ठले पसलहरु मात्र नभई होटल तथा रेस्टुरा सञ्चालकहरुले सरसफाइमा ध्यान दिनु पर्ने बताए । तालिममा वडा २ का जनप्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधी, विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । तालिम पछि वडा अध्यक्ष बरुर प्रसाद रेग्मीको संयोजकत्वमा खाद्य स्वच्छता समूह समेत गठन गरिएको छ । समूहले वडा २ का पसल तथा होटलहरुको अनुगमन गरी मापदण्ड पुरा नगरेकाहरुलाई मापदण्ड पुरा गर्न निर्देशन दिएको समूहका सदस्य रमा पन्तले बताइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *