तानसेनको सम्भावना र अवसर

प्रकाश नेपाल
केही दिन अगाडि नुवाकोटको जलवायू सम्बन्धी सम्मेलनको समाचार र फोटो काठमाडौंबाट प्रकाशित अखवारहरुले प्रकाशन गरे । मलाई समाचारले भन्दा फोटोले ध्यान खिच्यो । कति सुन्दर ठाउँ रहेछ, सम्मेलनका लागि पनि कति उपयुक्त ठाउँ रहेछ पर्यटकीय क्षेत्र भन्दा उपयुक्त नहोला । तर त्यो भन्दा सुन्दर त तानसेनमा छ तर त्यसको प्रशंसा पत्रकारहरुले भन्दा अरुले प्रशंसा नै नगरेको अवस्था हो । तानसेन के कुरामा कमी थियो र छ । तानसेनलाई खण्डहर बनाउने तानसेनकै व्यक्ति हुन् । कुनै समय तानसेनलाई बादल मुनिको शहर काठमाडौंको भाइ, नेपालको दार्जलिङ जस्ता शब्द प्रयोग गरी पत्रकार ले सकारात्मक र प्रचारात्मक समाचार सम्प्रेषण गरेकै हुन् ।

तानसेन आफैमा सुन्दर शहर भएको हावापानी भूवनोटका कारण व्रिटिश सम्राज्यले पनि आँखा गाडेको हो । तर नसकेको यथार्थ हो । प्रकृतिको अनुपम उपहारलाई प्रतिदिन कुरुपतर्फ धकेल्दै नकरात्मक प्रचार–प्रसार कार्यरम्भमा कुनैपनि वर्ग अछुत देखिदैन । निर्वाचनका समयमा चुनावी घोषणापत्र उल्लेख गरिएका कार्यलाई नगर प्रमुखले कार्यान्वयन गरे पुग्दछ । तर विषय वा प्रसङ्गले अर्को अर्थ लगाइएन भने नगरको विकासका लागि पहिलो नगरवासीको साेंचमा परिवर्तन आउन जरुरी छ । यहि सोंचमा परिवर्तन नभएका कारण दिनानु दिन तानसेन खस्कदो अवस्थामा पुगेको सत्य हो । सोंच, धेरै प्रकारका हुन्छन् जातिवादी सोंच, भूगोलवादी साेंच, राजनैतिक सोंच तीन वटा सोंचमा परिवर्तन नभएसम्म विकास सम्भव देखिदैन त्यो भनेको विश्व व्यापी सिद्धान्त हो । तानसेनको सम्भावना र अवसरका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । तानसेनसंग अब पर्यटन भन्दा अन्य कुनैको विकल्प नै छैन । हुन त पर्यटन स्वास्थ्य शिक्षा त तत्कालीन जिल्ला पञ्चायतका सभापती (मनोनित) चण्डीबहादुर पौडेलको समयमा नै तय गरिएको नारा हो । अहिलेसम्म पनि त्यही कुरा दो¥याइएको छ । २०४९ सालदेखि तानसेनले कुरामा मात्र परिवर्तनको बाटोमा अनुभूत ग¥यो । प्रश्न यहाँ हो । मानसिकता जाती वादी, भूगोल वादी, राजनैतिक वाहेक केहि पाएन तर लाज मान्नुपर्ने थियो । यहाँका वुद्धिजीवी पर्यटन विद राजनैतिककर्मी जनप्रतिनिधीहरुलाई लाज पटक्कै छैन, उनीहरुलाई राणाकालीन समयमा बनेका पूर्वाधारलाई कति दिन भजाउने हो । राणाकालीन पूर्वाधार संरक्षण गर्न नसक्नेले तानसेको पर्यटन का विषयमा बहस गर्न जरुरी ठान्दिनन् । साघुरा सडक, त्यही साघुरा सडक किनारामा बसोबास गर्न साघुँरा मन भएका नगरबासीका घरमा आगजनी भए दमकल नपुग्ने गरी निर्मित पक्की सडकमा बसेर अर्काको आलोचना गर्न पल्किएका हरु नै नगरको विकासमा बाधक हुन् । कुनै समय पाल्पालीको सबै ठाउँमा राम्रो पहुँच थियो तर तीनले पनि तानसेनको विकासमा कुनै सार्थक परिणाम आउने भिजन दिन नसकेपछि सबैलाई एउटा साझा सभाको आयोजना गरी नगरपालिकाको सभा हलमा जिल्ला विकास समितिका सभापति प्रेमनाथ बस्यालले साझा बहस चलाउनुभयो । बहसले निष्कर्ष निकाल्यो तर विडम्बना कार्यान्वयन गर्ने क्रममा जिल्ला विकास समितिमा नयाँ टिम आयो ।
नयाँ टिमले कांग्रेसको योजना भनेर आरोप लगाउँदै कार्यान्वयन गरेन । त्यसले पाल्पाको विकासमा ठूलो नोक्सानी भयो । पार्टी भित्र र बाहिर आलोचना खेप्दै भएपनि समग्र विकासका लागि बनेको साझा धारणा पहिलो थियो । त्यसपछि कहिले बन्न सकेन । हो जनप्रतिनिधी जनताको मतबाट चुनिएर आएपछि दलिय स्वार्थ भन्दा माथि उठ्नुपर्ने हो । तर अहिले त्यो हुन नसक्दा विकासका गति स्वार्थ अनुकुल भएका छन् । जनप्रतिनिधीहरु आर्थिक लाभका पछाडी लागेका छन् । पर्यटनको विकास बिना तानसेनको विकास सम्भव छैन । त्यसका लागि जनप्रतिनिधी राजनीतिक दल उद्योग वाणिज्य संघ, होटल व्यवसाय सबै एक ठाउँमा आउनुको विकल्प छैन । त्यसका लागि सबैले सकरात्मक सोंच र धारणा बनाउन जरुरी छ ।

गलत सोंच र प्रवृतिका कारण तानसेनबाट वौद्धिक र प्राज्ञिक व्यक्तित्व पलायन भए । साझा धारणा सबैले बनाउँदा सञ्चार जगत पनि त्यसैमा अटाउनु पर्दछ । अन्यथा तानसेन नयाँ पुस्ताका लागि दन्त्य कथामा रुपान्तरित हुनेछ । कुनै समय तानसेनलाई सहयोग गर्ने विदेशी दातृ संख्याहरुको लहरै थियो । तर आज तिनै दातृ संख्या तानसेनसंग टाढिदै छन् । किन त्यस्तो भयो ? नगर प्रमुखको जवाफ छैन होला तर यसको जवाफ कलमजीवीहरुसंग छ । तानसेन प्रति नकरात्मक सन्देश प्रवाह हुनु र जनप्रतिनिधी विहिन अवस्थामा भएका कृयाकलाप गलत थिए । जस्तो अमरनारायण फूलावारी जिणोद्वार ल्याण्ड फिल्ड साइट प्रभासको कोलस्टोर जस्ता उदाहरणहरु छन् । तर जनप्रतिनिधी विहिन अवस्थामा भएका कृयाकलापको जिम्मेवारी जनप्रतिनिधीले लिनुपर्दछ भन्ने लेखकको मनसाय भएको पटक्कै होइन तर यो भनिरहदा उन्मुक्ति दिन खोजेको भने होइन ? कहाँ गल्ती भएको त्यो ठाउँ पहिल्याउने जिम्मेवारी जनप्रतिनिधीको हो । तानसेन शहरमा प्रशस्त सम्भावना, अवसर छ चुनौती कम छ विकास गर्ने इच्छा शक्ति भयो भने । नगरप्रमुखले नै यस विषयमा बहस चलाउनुपर्दछ । तानसेनको विकासमा के गर्न सकिन्छ भनेर त्यसो नगरे घर जलेर खरानी भएपछि दमकल पुगे जस्तो हुनेछ । त्यस कार्यका लागि जनप्रतिनिधी राजनैतिक दल, उद्योग वाणिज्य संघ नगरबासी स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्ने हुन्छ । तानसेनको विकास बाहिरबाट आएकाले गरिदिने होइन यहिकाले गर्ने हो । त्यसका लागि साझा साधारण बनाउनुको विकल्प नै छैन । बजार भित्र रहेका धार्मिक पर्यटकीय पुरातात्वीक, साँस्कृतिक महत्व बोकेका ठाउँलाई नगरपालिकाले बनाउन नसकेको हो । सुन्दर श्रीनगर छ त्यसलाई प्रयोग तथा उद्योगमा ल्याउन सकेको छैन । बुटवलको फूलवारी के थियो हिजोआज कस्तो भयो त्यही मोडलमा श्रीनगरलाई उपयोग गर्न सकिने आधार छन् । तर त्यसतर्फ ध्यान निर्वाचनका समयमा मात्र पुग्दछ । सबैमा परिवर्तनको इच्छा शक्ती हुन जरुरी छ । चिया पसल शित्तलपाटी, पार्टी कार्यालय र टँुडिखेलमा घाम ताप्दै अरुलाई गाली गर्ने आलोचना गर्ने प्रविधिको अन्त्य गरी अगाडि नबढ्दासम्म विकास सार्थक हुन सक्दैन । जून पार्टीबाट टिकट लिएर जनप्रतिनिधीको बाधक बनेका छन् ।
जनप्रतिनिधी भनेको सबै जनताको प्रतिनिधी हुन् । पार्टीको कार्यकर्ता हुन् र ? जनप्रतिनिधी पनि दलिय स्वार्थभन्दा माथि उठेर साझा बहसमा सहभागी हुन र कार्यकर्ता पाल्नको लागि जनप्रतिनिधी भएको होइन भन्ने मानसिकताको विकास गर्न जरुरी छ । पर्यटकका पूर्वाधार निर्माण फोहोर मैला व्यवस्थापन, व्यवस्थित बसपार्क निर्माण र नगरमा सडक चौडा गर्नुपर्ने हुन्छ । यसको लागि सबै एकै ठाउँमा आउने हो भने विकास धेरै टाढा छैन । ग्रामीण वडा, कृषि पशुपालन, सहरी वडा, पर्यटन भन्दा अन्य विकल्प छैन यसको लागि निर्वाचित जनप्रतिनिधीले पार्टीको कार्यकर्ता भन्दा माथिको सोंच राखेर आफुसंगका प्रतिनिधीको भावना राखेर काम गर्ने भावनाको विकास गरी राजनैतिक योजना बनाएर कार्यान्वयन गर्ने हो भने सम्भावना अवसर प्राप्त हुनेछ ।
लेखक जिल्लाका क्रियाशिल युवा पत्रकार हुन् ।

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *