तानसेनका सहकारीहरूको व्यवसायिक रणनीतिक तर्जुमा गर्न गोष्ठी

पाल्पा,जेठ २/ सहकारीहरुको व्यवसायिक रणनीतिक तर्जुमा गोष्ठी तानसेनमा सञ्चालन भएको छ । तानसेन नगरपालिकाको आयोजनामा सहकारीहरूको व्यवसायिक रणनीतिक तर्जुमा गोष्ठी सञ्चालन भएको हो नगरभित्रका ४५ सहकारी सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र व्यवस्थापकलाई गोष्ठीमा समावेश गरी प्रत्येक सहकारीको व्यावसायिक रणनीतिक योजना बनाउने कार्य भइरहेको नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापाले जानकारी दिए । गोष्ठीमा वचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका विषयगत सहकारी संस्थाको रणनीति तयार हुनेछ । पहिलो चरणमा वचत तथा ऋण, दोस्रो चरणमा कृषि सहकारी, तेस्रो चरणमा बहुउद्देश्यीय सहकारी र चौथो चरणमा अन्य सहकारीहरूले भाग लिने छन् । ३ वर्षे रणनीतिक योजन निर्माणपछि नगर स्तरीय सहकारी सञ्जाल निर्माण र नगर स्तरीय योजना तयार गर्ने उद्देश्य रहेको नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए । गोष्ठीमा जिल्ला सहकारी संघका अध्यक्ष ध्रुवराज अधिकारीले सहजीकरण गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *