तानसेनका सबै वडामा युवा रोजगार शुरु

कृष्ण पोखरेल
पाल्पा, असार २/तानसेन नगरपालिकाले पनि एक महिने प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको छ । तानसेन नगरपालिकाले १४ वटै वडाबाट वेरोजगार युवाहरुको आवेदन संकलन पछि १ सय ८५ जनालाई रोजगार दिने कार्यक्रम तय गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गर्दै प्रतिनिधी सभा क्षेत्र २ का सांसद एव पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकलाई सम्वृद्धि र सुखी जनता बनाउन सरकारले यो कार्यक्रम लागु गरेको बताए । नेपाली श्रमिकहरुलाई देश विकासमै परिचालन गर्ने, बैदेशिक रोजगार घटाउने, आयआर्जन बढाउने, उत्पादन बढाउने र मुलकलाई सम्वृद्ध नेपाल बनाउने अभियानका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको सांसद पाण्डेले बताए । एकातिर नगर क्षेत्रमा कामदारको अभाव, अर्काेतर्फ नगरवासीहरु कामको खोजीमा बाहिरीने अवस्थाको अन्त्य गर्दै नगरवासीलाई नगरभित्रै रोजगारीको व्यवस्था गर्न यो कार्यक्रमले बाटो देखाएको नगर प्रमुख शाहीले बताए । कामलाई व्यवस्थित गर्न प्रत्येक दश/दश जनाको समूह बनाई परिचालन गरिएको छ । एक महिने रोजगार कार्यक्रममा सहभागीहरुले पहिलो दिन तानसेनका टँुडिखेल सरसफाई गरेका छन् । तानसेनका १४ वटै वडा–वडा, टोल–टोलमा परिचालन गरिएको छ । वडा–वडाको सरसफाई, विकास निर्माण, भौतिक पूर्वाधारका काममा कामदार परिचालन गरिएको रोजगार कार्यक्रम संयोजक कलश न्यौपानेले बताए । रोजगारीको लागि तानसेन नगरभित्र १ हजार ३ सय ७० जनाले आवेदन दिएकोमा आवेदकहरु बीच छलफल चलाएर रोजगारदाता छनौट गरिएको संयोजक न्यौपाने बताए । रोजगार कार्यक्राममा महिला, दलित, एकल महिला, अपा·हरुलाई प्राथमिकता दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •