तानसेनका घर–घरमा स्वास्थ्य सेवा

तानसेन,पुस १३/ घर–घरमा स्वास्थ्य सेवा अभियान २०७५ सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाले जनताको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अभियान सञ्चालन गर्न लागेको हो । शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी नगरपालिकाले स्वास्थ्य सेवा अभियान सञ्चालन गर्न लागेको जानकारी गराएको छ । सम्मेलनमा बोल्दै नगरपालिकाका प्रमुख अशोककुमार शाहीले नगरका वयोवृद्धा तथा गर्भवती, सुत्केरी र फरक क्षमता भएका महिलाहरुको नियमित स्वास्थ्य परीक्षण हुने कुराले जनताको स्वास्थ्य सेवा सर्वसुलभ गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्ने बताए । प्रमुख शाहीले नगरपालिकाले अभियानका लागि सबै तयारी पुरा गरेको जानकारी दिए । अभियानलाई क्रमश नगरका १४ वटै वडामा पु¥याउने र पहिलो अभियान ग्रामिण क्षेत्रबाट शुभारम्भ गरिने प्रमुख शाहीले बताए । साथै उनले कार्यन्वयनका लागि स्वास्थ्य सेवा निर्देशिका समेत कार्यपालिकाबाट पारित गरी काम शुरु भएको जानकारी दिए । उपप्रमुख लक्ष्मीदेवी पाठकले अभियानले विपन्न वर्गका समुदायलाई राहत मिल्ने विश्वास व्यक्त गरिन । उनले सामान्य उपचारका अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताइन् ।

प्रमुख प्रशासकिय अधिकृत किर्तनराज पौडेलले प्रत्येक १५ दिनमा वडा–वडामा गएर निशुल्क औषधी समेत दिने कार्य योजनालाई कार्यन्वयन गरिने बताए । अभियानका क्रममा अनुभवी बिशेषज्ञ सहित पाँच जनाको सहभागिता रहने तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीबहादुर रानाले जानकारी दिए । उनले यस वर्षको अभियानका लागि नगरपालिकाकाले १६ लाख बजेट विनियोजन गरेको समेत बताए । नगर भित्र सुत्केरीको संख्या १ हजार २ सय ६८, जेष्ठ नागरिक ३ हजार ८ सय ३० र फरक क्षमता भएकाहरुको संख्या ५ सय ३० रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *