#anugaman# kahnepani tenkiko anugaman news #palpa news #tansen news # anugaman news

तानसेनका खानेपानी टंकीमा अनुगमन

पाल्पा,वैशाख १५/ देशका विभिन्न जिल्लामा दुषित पानीका कारण महामारी फैलिएका समाचारहरु आए पछि तानसेनमा पनि खानेपानीका टंकीहरुमा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । गर्मी मौसम सुरु भएसँगै खानेपानीका मुहान प्रदुषित हुने भए पछि सर्तकता अपनाउन जिल्ला प्रशासनले खानेपानी टंकीको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हुमबहादुर पाण्डेको नेतृत्वमा आईतबार टंकीको अनुगमन गरिएको छ ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्याल खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख, इन्जिनियर, स्वास्थ्य कार्यालयका प्रतिनिधि, तानसेन नगरपालिकाका प्रतिनिधी, खाद्य तथा गुणस्तर डिभिजन कार्यालय पाल्पाका प्रमुख, अनुसन्धानका प्रतिनिधी, जिल्लाका सञ्चारकर्मी समेतको सहभागितामा निरीक्षण भएको थियो । टोलीले बतासेडाँडाको मुख्य टंकी सहित वसन्तपुर, भगवतीटोलका टंकीको अनुगमन निरीक्षण गरी सबै टंकीको पानी परीक्षणका लागि संकलन गरिएको छ । निरीक्षणका क्रममा कतिपय पानी टंकीहरुमा माकुराका जालो, टंकीमा ओभरफ्लो हुने झ्यालहरु खुल्ला भेटिएका थिए । टोली प्रमुख तथा प्रशासकीय अधिकृत पाण्डेले संकलित पानीको शद्धता सम्बन्धी प्राविधिक जाँचका लागि पानी पठाईएको छ, सोको रिर्पाेट २४ घण्टा पछि मात्रै प्राप्त हुने भएका कारण सोमबार मात्र यथार्थ जानकारी प्राप्त हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *