ढुक्क भएर मतदान गर्नुहोस् : सभापति राना

हाम्रा संवादाता
पाल्पा, नेपाली कांग्रेसका सभापति वीरबहादुर रानाले मतदातालाई ठुक्क भएर मतदानको प्रक्रियामा भाग लिन आग्रह गरेका छन् । नेपाली काँग्रेस तानसेन नगरको आयोजनामा दमकडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता रानाले असार १४ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले जनताहरुलाई स्थानीय तहको यो निर्वाचन अन्यभन्दा फरक रहेकोले विवेक सम्मत निर्णय गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । पाल्पा जिल्ला क्षेत्र नं. ३ का सभासद् हरिप्रसाद नेपालले जनताको सुख दुःखमा साथ दिने पार्टी नेपाली काँग्रेस भएकाले जनताले काँग्रेसलाई भोट दिनुपर्ने बताए । जनताका समस्याहरु समधानमा नेपाली काँग्रेस निरन्तर लाग्दै आएको पनि उनले बताए । कार्यक्रममा राजेन्द्र गोपाल सिंह, प्रेमनाथ बस्याल लगायतले बोल्दै सम्पूर्ण जनताका अधिकार सुनिश्चितका लागि लड्दै आएको पार्टी नेपाली काँग्रेस भएकाले नेपाली काँग्रेसका सम्पूर्ण उम्मेद्वारहरुलाई विजय गराउन आग्रह गरे । यसैबीच नेपाली कांग्रेस तानसेन नगरपालिका मेयर पदका उम्मेद्वार अजयमान कर्माचार्यले नगरको सुशासन, विकास तथा समुन्नत नगरको विकास लागि आफूलाई मतदाना गर्न आग्रह गरे । तानसेन नगरका वडाहरुमा घरदैलो गर्दै मेयर उम्मेद्वार कर्माचार्यले तानसेनलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने बताए । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर कांग्रेसका उम्मेद्वारहरु घरघरमा पुग्ने क्रम तिब्र भएको छ । रामपुर नगरपालिका मेयर उम्मेद्वार रमणबहादुर थापाले रामपुरका सबै वडामा घरदैलो सम्पन्न गरी चुनावीसभाहरु गरिरहेको बताए । रम्भा गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार अशोक फालले पीपलडाँडामा घरदैलो गर्दै निर्वाचन आफ्नो पक्षमा रहेको बताए । बगनासकाली अध्यक्ष उम्मेद्वार कृष्णप्रसाद बस्यालले आफूहरु जनताको घरदैलोमा पुग्दा चुनावी उत्साह पाएको बताए । काग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति माथागढीका अध्यक्ष उम्मेद्वार सन्तोष थापा मगरले जिल्लामा पहिलेका निर्वाचनभन्दा भिन्न रुपमा जनताले जनप्रतिनिधी चिनेर नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आतुर रहेको बताए । नेपाली कांग्रेसका प्रचार–प्रसार संयोजक राधेश्याम ज्ञवालीले कांग्रेसले घरदैलो सम्पन्न गरेर चुनावी सभा, प्रचार–प्रसार, पुनः घरदैलो गरिरहेको बताए ।
कांग्रेस उम्मेद्वारहरु मतदाता शिक्षामा
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा गाउँ तथा नगरप्रमुखका उम्मेद्वारहरु मतदाताा शिक्षाका लागि घरदैलोमा व्यस्त भएका छन् । सोमबार नेपाली कांग्रेस तानसेन, रामपुर, माथागढी र पूर्वखोलामा घरदैलो भएको हो । पूर्वखोला गाउँपालिकाको हेक्ला·, विरकोट र रिग्नेरहमा कांग्रेस जिल्ला उपसभापति देवराज ढकाल सहितको टोलीले घरदैलो गरेको हो । तानसेन ८, मदनपोखरामा तानसेन नगर समितिले पनि घरदैलो कार्यक्रम गरेको जनाएको छ । यस्तै माथागढी गाउपालिका मतदाता शिक्षा कार्यक्रम गरेको छ अध्यक्ष पदका उम्मेद्वार सन्तोष थापा मगरले बताए । माथागढीको वडा नं. ३ को सिकारकोट र ओलेसमा मतदाता शिक्षा गरिएको हो । नेपाली काँग्रेस तानसेन तिनाउ गाँउपालिकाको आयोजनामा तिनाउ गाँउपालिका ५ सिसुवामा चुनावी सभा तथा घर दैलो कार्यक्रम भएको छ । नेपाली काँग्रेस तिनाउ गाँउपालिकाका संयोजक लालबहादुर थापाको सभापतित्व रहेको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काँग्रेसका मानबहादुर लम्तारीको स्वागत रहेको सभामा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले आसन्न निर्वाचनमा सबै जनताहरुलाई विवेक सम्मत निर्णय गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । तिनाउ गाँउपालिकामा नेपाली काँग्रेसका सम्पूर्ण उम्मेद्वारहरुले आफ्नो विजय सुनिश्चित गर्न जनताको घर दैलो अभियानलाई तिब्रता दिएका हुन् । समृद्ध तिनाउ गाँउपालिकाको आधार पर्यटन, कृषि, उद्योग र रोजगारीको लागि नेपाली काँग्रेसको नेतृत्वमा स्थानीय सरकार भन्ने नारा लिएर नेपाली काँग्रेसका नेता कार्यकर्ता घरदैलो अभियानमा सक्रिय रहेका छन् ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *