डिआईजीलाई विद्यार्थीको प्रश्न, महिला स्वतन्त्र र सुरक्षित कहिले हुने ?

कृष्ण पोखरेल
तानसेन, मंसिर १३/जनता विद्यालयमा अध्यनरत रेनुका खाम्चाले प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी पिताम्वर अधिकारीसँग समाजमा पुरुष सरह निर्धक्क भएर सुरक्षित रुपमा हिडडुल गर्न कहिले पाइन्छ सर ? हामीले पनि पुरुष सरह मान सम्मान कहिले पाइन्छ सर ? भनी प्रश्न गरेकी थिइन् । समाजमा स–साना बालिकादेखि वृद्ध हजुरआमासम्म सुरक्षित नभएपछि रेनुकाले डिआजी अधिकारीसँग यस्तो प्रश्न गरेकी हुन् ।
सोही विद्यालयमा अध्यनरत अर्की बालिका सविना श्रेष्ठले लामो समयसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्नुको कारण बारे प्रदेश प्रहरी प्रमुख अधिकारीसंग जिज्ञासा राखिन् । अर्को विद्यार्थी रोशन नेपालले पनि दरवार हत्याकाण्डको बारेमा जिज्ञासा राखे । बुधबार प्रहरी– विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत तानसेन आएका डिआइजीलाई विद्यालयमै विद्यार्थीहरुले प्रश्न गरेका हुन् । जवाफमा डिआईजी अधिकारीले कानुनी कुराबाट भन्दा सामाजिक विभेदका कारण पुरुष सरह महिलाहरुले स्वतन्त्र रुपमा कुनै पनि काम गर्न नपाएको बताए । घर तथा परिवारबाटै लैङ्गिक हिंसा शुरु भएकाले परिवारबाटै सुधारको अभियान सञ्चालन गर्नुपर्ने, जसको नेतृत्व टिनेजर युवा युवतीबाटै गर्नुपर्ने, पढाई, घरव्यवहार, आम्दानी खर्च जस्ता काममा छोरा छोरी बीच बराबर अधिकारको अभ्यास गर्नुपर्ने डिआईजी अधिकारीले बताए ।

समाजमा विविध तरिकाबाट अपराधका घटनाहरु हुने भएकाले सो घटनामा विद्यालयमा अध्यनरत बालबालिकाहरु नपरुन् भनी नेपाल प्रहरीले विद्यालय केन्द्रित अन्तत्र्रिmया शुरु गरेको डिआईजी अधिकारीले बताए । विद्यालयमा पढ्ने बालबालिका नै भोलिको नेपाल निर्माण गर्ने भएकाले उनीहरु अपराधिक गतिविधीमा नफसुन् भनी समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले समाजबाट अपराध न्यूनिकरणका लागि विद्यालय सचेतना कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख विश्वमणी पोखरेलले यौन हिंसा, साईवर अपराध, लागुऔषध दुव्र्यसनी जस्ता अपराधका विषयमा जानकारी गराए ।

कार्यक्रममा प्रहरी उपरिक्षक पोखरेलले घरेलु तथा यौन हिंसाबाट बच्ने तरिका, साईवर अपराधका प्रक्रियाहरु, लागुऔषधमा साथी साथीको लहलहैमा फस्ने अवस्थामा, प्रहरीको सहयोग तथा कानुनी उपचारको विषयमा विद्यार्थीहरुलाई जानकारी गराए । कार्यक्रममा जनता माविका प्रधानाध्यापक मेघराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसाल, पाल्पा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक, प्रहरी नायव उपरिक्षक विनोद घिमिरे, जिल्ला ट्राफिक प्रमुख डम्वर गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरुले विषयवस्तु एकदमै राम्रो भएकाले कक्षा ८ देखि माथिका विद्यार्थीहरुलाई दिनभरी नै जनचेतना दिनुपर्ने शिक्षक कपिल कुवँरले बताए । शिक्षक कुश्माखर पोखरेलले मेरो फोन नम्बर Þयाक गरी अन्य व्यक्तिले फोन गरी आफुलाई तनाव दिएको घटना स्मरण गराउँदै यस्तो घटना आएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे । कार्यक्रममा पाल्पा प्रहरी प्रमुख पोखरेलले आगामी दिन विद्यालयस्तरीय जनचेतना कार्यक्रमलाई प्याकेजको रुपमा सञ्चालन गर्ने बताए ।

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *