टीभीएसले ल्यायो चाडपर्व अफर

काठमाडौं, (एजेन्सी), असोज २८/नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चाडपर्व अफर ल्याएको छ ।
कम्पनीले अग्रणी म्यासेन्जिग एपलिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको हो । नेपालीहरुको ठूलो चाडपर्वको अवसरमा थप उत्साह ल्याउन चाडपर्व योजना ल्याइएको कम्पनीले जनाएको छ । योजनामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्दछ । विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टीभीएस जुपिटर क्लासिक प्राप्त गर्ने छन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ । स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासीक स्कुटर हो । टीभीएस जुपिटर क्लासीकको सिटको उचाइ ७ सय ६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।  यसै अवसरमा जगदम्बा मोटर्सका एमडी शाहिल अग्रवालले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नविनतम योजना ल्याइरहेका छौं जुन हाम्रो विक्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’