टिमुरको झोल

समिक्षा,
पुस्करराज रेग्मी

माता लीला अधिकारी र पिता रुग्मागद अधिकारीका सुपुत्र विश्वप्रेम अधिकारीको जन्म वि.सं. २००३ साल असार ७ गतेका दिन भएको हो । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका साहित्यकार अधिकारीका कविता संग्रह मेरी छोरी (२०४९) बन्दीको मनस्थिति (२०५२), स्मृति काव्य आमा (२०५५), पश्च्मिाञ्चलका लोकगीत र परम्परा (२०५८), अचाड मनका स्वरहरु (२०६१), स्याङ्जाली साहित्यकार र तिनका सिर्जनाहरु (२०६१), निबन्ध संग्रह सम्झनाका विम्बहरु (२०७१), आँधीखोले लोकसाहित्य (प्रस्तुति र विश्लेषण (२०७१), काव्यत्रयी (२०७३), संकलित गीतिकविताहरु (२०७४) र कथा संग्रह टिमुरको झोल (२०७४) प्रकाशित भइसकेको छ ।


कथाकार विश्वप्रेम अधिकारीद्वारा लिखित गायत्री र जानकी अधिकारीद्वारा प्रकाशित पनातिनी ओजस्वी भुषाल र पनाती अधिराज खड्कालाई स्नेहपूर्वक समर्पित पुस्तकको मूल्य ७० रुपैयाँ रहेको छ । अग्र र पच्छ पृष्ठ रंगिन रहेको पुस्तकभित्र ६२ं १४. ७६ पृष्ठ रहेका छन् । संग्रह भित्र टिमुरको झोल, स्वर्ग र पितृ, सुवेदारीकी छोरी, पूजारी कान्छो र कामको बाँडफाँडँ गरी पाँचवटा कथाहरु संग्रहित रहेका छन् । पहिलो कथा टिमुरको झोलबाट नै पुस्तकको नाम रहन गएको छ । ‘आमा’ हाम्रो बुबालाई कस्ले झयालखानामा लयो नि ?’ छ वर्षिय छोरा शम्भुले सुशीलालाई प्रश्न गर्छ । सुशीलाले जेनतेन नावालक छोरालाई मातृवात्सल्यता प्रदान गरेर हुर्काई रहेको छे । ढुकुर चरो, कान्छो किरो र गाइने किरासँग खेलेर शम्भुको दिन चर्या बितेको छ । नानी बावाकहाँ गएर खेल्ने रहर शम्भुलाई पनि छ । तिज आयो । सबैले अनदिको चामलको दर खान्छन् खुवाउँछन् । तर बाध्यता तिजको दर खाने दिन सुशीलाले टिमुरको झोल पकाउँछिन् । टिमुरको झोल नपाक्दै शम्भु सुतिसकेको हुन्छ । यसरी पहिलो कथा टिमुरको झोलको समाप्ती हुन्छ ।
पण्डित बाले कथा सुनाउँछन् । द्वितीय विश्वयुद्वमा नेपाली फौज यूरोप अफ्रिकासम्म पुग्दछ । एक नेपाली सियाही मार्गरेटसँग घरजम गरी उतै बस्छ । सोह वर्षपछि पानी जहाज, रेल, मोटर चढेर ऊ नेपाल फर्कन्छ । बाबु आमा र पहिलो श्रीमतीको मायाले । गाउँ नपुग्दै उस्ले थाहा पाउँछ उ मरिसक्यो रे उसको पेन्सन श्रीमतीले खान्छे । ऊ पुनः अफ्रिका फर्कन चाहन्छ । तर, भारत सरकारले उसलाई भिसा दिदैन । मार्गरेट र दुई सन्तानलाई उस्ले झलझली सम्झन्छ तर विवशता यता स्वर्ग भनेर आएको आफू जिउँदै पितृ बन्नु परेको छ । उतलाई नर्क मानेको, अतिने माया गर्ने मार्गरेट र छोराछोरीलाई झलझली सम्झन्छ । अन्तमा धोवीको कुत्ता घरको नघाटको भन्दै एउटी विधवासँग बिहे गरेर गोरखयुरमा जीवन बिताउँछ । दोस्रो कथा स्वर्ग र पितृको सार यहि हो । पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्ने आशादेवीलाई घरबाट पत्र आउँछ आउने शनिबार ‘कसै गरेपनि घर आउँनु भनेर ।’ कसै गरेपनि शब्दको अर्थ खोज्दै ऊ घर पुग्छे । उसको मगनी र बिहे हुन्छ । घर परिवारको निर्णय, छोरीको जात, पढेकी छोरी, नपढेको लेन्सनायक । अप्रत्यशित र आकस्मिक निर्णय । विहेपछि आशालाई छोडेर वीरज·को पल्टन जाने तयारी हुन्छ । कथा सुवेदारकी छोरी भित्र यही छ । म पात्र जेलमा छ । पूजारी कान्छो पनि जेलमा छ ।
जेलको नियमअनुसार नाइकेले कान्छोको खानतलासी र उस्को सुन, पैसा, फुली, मोहर जेलरले लिन्छ । जेलभित्र पनि ऊ लुटिन्छ । ऊ बफादारीमा फसेको हुन्छ । किन थुनियो थाहा छैन । ऊ कैदिबन्दीहरुको मनोरञ्जनको साधन बन्न पुग्दछ । रिंहाइको आशामा बसेको उस्लाई झन् गोल प्वाल भएको ठूलो ठेंडकोमा हालिन्छ । पूजारी कान्छोको कथा यही हो । अनिता, राजेश र रजनी पात्रहरु छन् । अनितालाई अतितले सम्झाइरहन्छ । राजेशको अभिव्यक्ति कर्तव्यपरायण छ र राष्ट्रको लागि काम गर्ने अठोट राजेशले लिएको छ । भविष्य सुनिश्चिित बनाउने जिम्मेवारी अनितामा छ । यसरी कामको बाँडफाँड कथा समाप्त हुन्छ । पाँचवटा कथामध्ये अंतिम कामको बाँडफाँड कथालाई लघुकथा भन्दा हुन्छ । यस कथामा लागु कथाका गुण विशेषताहरु रहेका छन् । स्वर्ग र पितृहरु कथा सबैभन्दा लामो कथा रहेको छ । यस कथामा केही रोचक प्रसङ्गहरु पनि जोडिएका छन् । दोस्रो विश्वयुद्व, हिटलर, अफ्रिका, नागमणि, दशैका अष्टमी कालरात्री लगायतका विषयवस्तुहरुको उठान गरिएको छ । विश्वयुद्वमा नेपालीहरु हराएको, जिउँदंो मान्छेको नाममा मरिसक्यो भनेर पेन्सन दिइरहेको, संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जन्मभूमि नै प्यारो लाग्ने कुराहर कथामा छन् । प्रवृत्तिका आधारमा भन्ने हो भने अधिकारीका कथाहरुमा अस्तित्ववारी सोंच रहेको छ । उद्देश्यको आधारमा भन्नुपर्दा कथा समस्याप्रधान रहेका छन् ।
कथाभित्र रहस्य र चरित्र पनि व्यप्त छन् । कथानकको कुरा गर्दा कथाहरु अब के होला भन्ने उत्सुकता जगाउँदै उद्देश्य प्राप्तिमा अघि बढिरहेका छन् । सामाजिक घटनाक्रमहरुलाई नै कथाकारले कथाको स्रोत मानेका छन् । कथाहरुको रचनाकाल पुरानो भएकोले नयाँ आधुनिक पाठकहरुलाई नवीनतम खुराक दिन नसकेतापनि कथा विधासँग सरोकार राख्ने सबैका लागि यो संग्रह सोधखोज र सोंचमय रहेको छ । सामान्य व्याकरणीय त्रुटीहरु सच्याउँदै यो पुस्तक स्याङ्जा साहित्य प्रतिष्ठानको नामबाट नै प्रकाशन गरिएको भए संस्थागत रुपमै पुस्तकले अझ व्यापीकरण पाउने थियो । प्रमोद पंज्ञानीले भूमिका लेख्नु भएको यो पुस्तक सानै भएता पनि गुणस्तरिय छ । समय सामयिक घटना क्रमलाई उन्दै कौतूहलता जगाएर कथा टुङ्ग्याउन सफल हुनु लेखकका वैशिष्टय गुण हुन् । साहित्यकार विश्वप्रेम अधिकारी कवि, निबन्धकार, समीक्षक मात्र नभएर सफल कथाकार समेत हुन भन्ने प्रमाणित यस संग्रहले गर्दछ । साहित्यकार अधिकारीको आगामी दिन अझ कविता र कथामय बनिरहोस् । शुभकामना !

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *