टिकटमा पाल्पाको भैरव मन्दिर

पाल्पा, जेठ २९/नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय, हुलाक सेवा विभागले पाल्पाको प्रसिद्ध धार्मिक स्थल भैरवस्थान मन्दिर अंकित हुलाक टिकट प्रकाशन गर्ने अन्तिम तयारी गरेको हुलाक सेवा विभागका अधिकारीले जनाएका छन् । उक्त स्थलको हुलाक टिकट जिल्ला हुलाक कार्यालय पाल्पाले प्रकाशनको लागि यही आर्थिक वर्ष २०७३/७४ मा हुलाक सेवा विभागमा शिफारिस गरेको थियो । मन्दिर अंकित हुलाक टिकट मन्त्रालयले एक कार्यक्रम गरी छिट्टै सार्वजनिक गरी प्रयोगमा ल्याइने जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *