झाडापखालाका कारण एकै गाउँका सय भन्दा बढी विरामी

कृष्ण पोखरेल
पाल्पा, जेठ ३/
जिल्लाको तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा प्रसाद खाएका एकै गाउँका सय जना भन्दा बढी बिरामी परेका छन् । गाउँपालिकाका अध्यक्ष आमेबहादुर घर्तीका अनुसार छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा बासी मासु खाएका एक सय पाँच जना झाडापखाला लागेर बिरामी परेका हुन् । झाडापखालाबाट विरामी भएका मध्ये गम्भिर अवस्थाका ११ जनाको लुम्विनी मेडिकल कलेज प्रभास र १२ जनाको गाउँमै शिविर सञ्चालन गरी उपचार गरिएको थियो । मेडिकल कलेजमा उपचारत मध्ये ३ जना वालवालिका जनरल वार्ड र २ जनाको आईसियु कक्षमा उपचार भईरहेको छ ।

३० जना भन्दा व्यक्तिहरु सामन्य उपचार पछि घर फर्किएका छन् । झाडापखाला प्रभावित क्षेत्रमा जिल्लाबाट डा. गगन अधिकारी सहित जिल्ला स्वास्थ्य कार्यालयबाट महामारी रोग नियन्त्रण प्रमुख ईश्वरी न्यौपाने र चन्द्रतारा बस्याल सहित गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मी गरी ११ जनाको टोली गाउँमा पुगी उपचारमा खटिएको थियो । गाउँमा अहिले झाडापखाला पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

????????????????????????????????????

स्थानीय एक महिलाको मृत्यु संस्कारको चोखिने दिनमा, पाहुनाहरुको लागि बनाएको बंगुर तथा पाडाको मासु, बटुक तथा अचारका परिकार खादा झाडापखालाले महामारीको रुप लिएको जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक सुन्दर गाहाले बताए । प्रधानाध्यापक गाहा लुम्विनी मेडिकलमै बसेर बालवालिकाको उपचारमा खटिएका छन् । झाडापखालाको जानकारी पाउना साथ गाउँपालिका भित्रका स्वास्थ्यकर्मी परिचालन गरी थप सहायताको लागि जिल्ला स्वास्थ्यमा खवर गरी तत्काल उपचारमा खटिएको गाउँपालिकाका अध्यक्ष घर्तिमगरले बताए । झाडापखाला प्रकोपबाट विरामी भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने अध्यक्ष घर्तीमगरले जानकारी दिए । मगरी समुदायमा मृत्यु संस्कार चोखिदा पाहुनाहरुलाई मासु सहितका परिकार खुवाउने प्रचलन रहेकोमा बचेको मासु तथा परिकार अर्काे दिन खादा फुड प्वाईजन भई झाडापखालको रुप लिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *