जेठ पाँचदेखि यामाहा एक्सेञ्ज एण्ड अपग्रेड सञ्चालनमा

पाल्पा, जेठ ३/नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एक्सेञ्ज एण्ड अपग्रेड सञ्चालनमा ल्याउने भएको छ ।
आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउदै आएको कम्पनीले यही जेठ ५ गतेदेखि १० गतेसम्म देशभर यामाहा एण्ड अपग्रेड सञ्चालनमा ल्याउन लागेको हो । जस अन्तर्गत कुनैपनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कुटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्न सक्ने जिल्लाका लागि यामाहाको आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्सले जनाएको छ ।

कम्पनीले कुनै पनि ब्राण्डको पुरानो मोटरसाईकल तथा स्कुटरको बजार मूल्यमा १५ हजार थप मूल्यांकन रहने वक्ले जनाएको छ । वक्सले पनि यही ५ गतेदेखि १० गतेसम्म तानसेनमा यामाहा एण्ड अपग्रेड सञ्चालनमा ल्याउने बताएको छ । कम्पनीले सोही अवसरमा नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्ने ग्राहक कम्पनीले सञ्चालनमा ल्याएको सुनौलो २०७६ नामक योजनामा समेत सहभागी हुन सक्नेछन् । सोही अवसरमा योजनमा ग्राहकले प्रत्येक नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्दा एउटा स्क्रयाच कार्ड मार्फत एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने छन् । साथै, हरेक खरिदमा ग्राहकले नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र गरिनेछ । लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्नेछन् । साथै ग्राहकको सेवालाई मध्येनजर गर्दै वक्सले न्यूनतम ब्याजदरमा फाईनान्सको समेत व्यवस्था गरेको छ । यो योजना नगद, फाईनान्स तथा एक्चेञ्जमा पनि लागु हुने वक्सले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *