#no-vehicles-#durghatana news #Gumlmi news #hot news #

जीप र मोटरसाइकल ठोकिदा गुल्मीको छत्रकोटमा ५ जना घाइते

गुल्मी, वैशाख ११/ जिल्लाको छत्रकोट गाउँपालिका ४ अन्र्तगत श्रृङ्गामा जीप र मोटरसाइकल एक आपसमा ठोकिदा पाँच जना घाइते भएका छन् । लु२च १७ नम्बरको पिकअप जीप र लु१२प २९७६ नम्बरको मोटरसाइकल एक आपसका ठोक्दिा मोटरसाइकल र जीप चालकसहित ५ जना घाइते भएका हुन् । गुल्मीदरवार गाउँपालिको गांैडाकोटबाट रुरु गाउँपालिका अन्र्तगत बलेटक्सारमा डिजल लिनका लागि जाँदै गरेको जीप र पिपल नेटाबाट लुम्छातर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्दिा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक छत्रकोट गाउँपालिका ४ निवासी शालिकराम पन्त, मुसिकोट नगरपालिका ४ का ताराबहादुर रासकोटी, रेसुंगा नगरपालिका २ का गोपाल पोख्रेल, मालिका गाउँपालिका ६ का वसन्त पराजुली र मालरानी गाउँपालिका ४ अर्घाखाँचीका दिलिप केसी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले स्थानीय श्रृङ्गा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *