जिसस गुल्मीद्वारा विद्यालय, नदि र धार्मिक स्थलको अनुगमन, विकास निर्माण र योजनाहरुको अनुगमनमा तीव्रता

गुल्मी, फागुन २८/विकास तथा निर्माण सम्बन्धी कार्यको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति गुल्मीले जिल्ला भित्र सञ्चालित विकास निर्माण र योजनाहरुको अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

समितिले संघ, प्रदेश, नगरपालिका र गाउँपालिकासँग प्रभावकारी समन्वय गर्ने र अनुगमनको माध्यमबाट जिल्लाको सन्तुलित विकासमा योगदान गर्ने उद्देश्यले अनुगमन कार्यलाई तीव्रता दिएको हो । केही दिन अघि जिल्लाको इस्मा गाउँपलिका अन्र्तगतको रांदल बुल्म अमरपुर अर्जै मोटरबाटोको सर्भे निर्माण कार्यको अनुगमन गरेको जिससको टोलीले सोमबार र मंगलबार कालिगण्डकी गाउँपालिका, रुरु गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा रहेका विद्यालय, नदि , सडक र धार्मिक स्थलहरुको अनुगमन गरेको छ ।

जिसस प्रमुख लक्ष्मण पराजुलीको नेतृत्वमा उपप्रमुख तुलसी कुमारी श्रेष्ठ, जिससका सदस्यहरु राम मल्ल ठकुरी, चेतन बस्नेत, जिल्ला समन्वय अधिकारी, प्रलाद पोखरेल, शाखा अधिकृत चोलाराज शर्मा, कार्यक्रम अधिकृत खड्कबहादुर थापा,कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, उपाध्यक्ष तारा थापा, रुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोण खत्री, उपाध्यक्ष राधीका अर्याल, वडा अध्यक्ष र सदस्यहरुले उक्त क्षेत्रको अनुगमन गरेका थिए । उक्त टोलीले रुरु गापा वडा ४ मा सञ्चालित कार्यक्रम तथा योजना, बलेटक्सार माविको ४ कोठे भवन , कालीगण्डकी खोलाको रिडि र रुद्रवेनीमा नदिजन्य वस्तु उत्खनन ,रुद्रवेनी वृद्वाश्रम, राममन्दिर, निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर, मिर्मी जलविद्युत आयोजनाको अनुगमन गरेको हो ।

त्यस्तै टोलीले कालीगण्डकी गाउँपालिकामा सञ्चालित गतिविधि, योजना,पुर्तिघाट बजारमा नदी नियन्त्रण बारे स्थलगत निरीक्षण, पुर्तिघाट फोक्सिङ्गमा राष्ट्रिय पुनर्निर्माण कार्यालयबाट विनियोजित १२ करोड रकमको मोटर बाटो, जनकल्याण मावि कालीगण्डकी ५ फोक्सिङ्गको ४ कोठे भवनको निरीक्षण गरेको थियो । त्यस्तै मंगलबार समितिले चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा रहेका विभिन्न धार्मिक स्थल, खानेपानी, सडक सिँचाई, विविभन्न विद्यालयहरुका भवनहरुको अनुगमन गरेको जिसस सदस्य राम मल्ल ठकुरीले जानकारी दिए । अनुगमनका क्रममा निर्माणधिन योजनाहरु सन्तोषजनक रहेको सदस्य मल्लले बताए ।

  • 185
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    185
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *