जिल्ला अदालत पाल्पामा मुद्दाको संख्या दोब्वरले वृद्धि, सम्बन्ध विच्छेद माग गर्ने पुरुषहरु बढे

कृष्ण पोखरेल
पाल्पा, असार ३/पुरानो मुलकी ऐन विस्थापित पछि २०७५ साल भदौदेखि नयाँ कानुन आएपछि जिल्ला अदालत पाल्पामा गत वर्षहरुको तुलनामा मुद्दा धेरै परेका छन् । त्यसमा सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गर्ने पुरुषहरुको संख्या ह्Þवात्तै बढेको छ ।
नयाँ कानुन लागु भएपछि जिल्ला अदालत पाल्पा मुद्दाको संख्या दोब्वरले वृद्धि हुनुको कारण आम जनताका कानुनी ज्ञान बढेको मान्न सकिने कुरा जिल्ला अदालत पाल्पाले आयोजना गरेको एक कार्यक्रममा आइतबार सार्वजनिक गरेको हो । नयाँ जारी भएको संहिता तथा कानुनमा जनताको अधिकारको क्षेत्र वृद्धि भएको, न्यायको दायरामा वृद्धि भएको, विगतका बर्षमा अदालत सम्म नआएका मुद्दाहरु समेत अदालतमा आउने गरेका कारण मुद्दाको संख्या बढेर गएको जिल्ला न्यायधिश शंकर बरालले बताए । २०७५ साउन देखि २०७६ जेठ मसान्त सम्म जिल्ला अदालत पाल्पमा ५ सय ५९ वटा मुद्दा दर्ता भएकोमा ३ सय ६१ वटा फैसला र १ सय ९८ वटा फैसला हुन बाँकी रहेको न्यायधिश बरालले बताए । यो वर्षसम्म अदालतमा सबैभन्दा बढी लेनदेन, झै–झगडा, अंशवण्डा, सम्बन्ध विच्छेद, जस्ता व्यक्तिगत गरी ३ सय ५१ मुद्दा दर्ता भएका थिए । फौजदारी अन्तर्गत ७९ वटा, सरकारवादी फौजदारीमा १ सय १६ वटा र १३ वटा मुद्दा पुनरावेदन परेको अदालतका श्रेष्तेदार कृष्णमुरारी सिग्देलले बताए ।
नयाँ काुननी व्यवस्थामा पुरुषले पनि सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दर्ता गर्न पाउने भएपछि ६४ वटा मुद्दा दर्ता भएका छन् । ति सबै नयाँ कानुनले व्यवस्था गरे अनुरुपका हुन् । ती मध्ये २२ वटा मुद्दा फैसला भएको, ४२ फैसला हुन बाँकी रहेको समेत पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक भएको छ । यसैगरि १ सय ३६ जना महिलाहरुले सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दर्ता गराएका छन्, जसमा १ सय ८ फैसला भएको र २८ फैसला हुन बाँकी छन् । जवरजस्ती करणी अन्तर्गत ३० वटा मुद्दा दर्ता भएकोमा १२ वटा फैसला भएको १८ वटा फैसला हुन बाँकी रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •