जिल्लामा स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो

हाम्रा संवाददाता
पाल्पा, मंसिर २३/जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि सुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार तीन सय पचास जना नागरिक आवद्ध छन् ।
जसमा ५१ हजार आठ सय ७० पुरुष र ५९ हजार तीन सय ८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । गत असार मसान्त सम्म दुई हजार पाँच सय नागरिकले स्वास्थ्य बीमा गराएका थिए भने साउनबाट मंसिर १ गतेसम्म २८ हजार आठ सय ५० जना नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । जिल्लामा पाँच हजार पाँच सय ४२ घरपरिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन् । ‘जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण Þवात्तै बढेको छ भने नविकरण गर्ने कार्यमा भने आकर्षण कम रहेको छ’ ज्ञवालीले भने । आर्थिक रुपमा विपन्न र गरिब समुदायका विरामी तथा रोगीहरुको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य विमा कार्यक्रमबाट यहाँका नागरिकले औषधी उपचारमा ठूलो राहत पुगेको महशुस गरेका छन् ।

रामपुर अस्पतालमा अहिले स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि उपचार गर्न आउने बिरामीको भीड छ । यहाँ दैनिक दुई सय पचासको हाराहारीमा बिरामीहरु औषधी उपचारका लागि आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झा बताउँछन् । तनहुँ घिरिङ बस्ने हुमबहादुर कुमाललाई मुटु रोगले सतायो । कुमाललाई मुटु रोगको उपचार गर्न आर्थिक अवस्था नाजुक हुँदा परिवारमा निकै चिन्ता छायो । रामपुर अस्पतालमा स्वास्थ्य परिक्षण गराउन पुगेका कुमाललाई अस्पतालका डाक्टरले भरतपुर रिफर गरेपछि उनी निकै चिन्तित भए । ‘भरतपुर अस्पतालमा उपचार गर्न सक्ने परिवारको आर्थिक क्षमता थिएन, बीमा गरेको हुदा अस्तालले निःशुल्क उपचार गरिदियो’ उनले भने । उपचारमा सुरुमा अस्पतालले एक लाख ५० हजार रकम लाग्ने भन्दा उनी आत्तिए । तर बीमा गरेका कारण पुरै औषधी उपचार निःशुल्क भएपछि कुमालले औषधी उपचारमा समस्या झेल्नुपरेन । अहिले कुमाल मज्जाले हिड्डुल गर्छन् । उनको मुटुरोगको समस्या पनि ठिक हुँदै गएको छ । स्वाथ्य बीमा गरेपछि औषधी उपचारमा निकै सहुलियत पुगेको रामपुर नगरपालिका ५ बस्ने लिलादेवी खनाल बताउँछन् । ‘हामीजस्ता गरीव पीडित नागरिकलाई बीमा गरेपछि औषधी उपचार कसरी गर्ने होला भन्ने समस्या हट्दै गएको छ’ खनालले भने । स्वास्थ्य बीमा कार्यक्रम गरीव दुःखी, विपन्न नागरिकको लागि बरदान सावित नै भएको बालकृष्ण खनाल बताउँछन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम जस्तै गरीव, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याउन उनी अनुरोध गर्छन् । स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसंगै प्राथमिक स्वास्थ्य केन्द्र ताहँु, खस्यौली, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाँच जना सम्मको परिवारका सदस्यले वार्षिक दुई हजार पाँच सय तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमा प्रति सदस्य चार सय २५ रुपैयाँका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रुपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ । स्वास्थ्य बीमा गरेपछि वहिरंग, प्रसुति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाका सिलाई, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायत ३२ किसिमको सेवा पाएका छन् । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ ।

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares