जिउँदा भगवान भन्दै रामपुर नगरपालिकाले गर्यो जेष्ठ नागरिकलाई सम्मान

इमान सिं राना
पाल्पा (रामपुर), असोज १५/ रामपुर नगरपालिकाले २८ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरका २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले प्रत्येक वडा भित्रका एक जना महिला र एक जना पुरुष गरी नगरका १० वटै वडाका २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिकलाई जुस, खादा र प्रमाण पत्रले सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जेष्ठ नागरिक जिउँदो भगवान भएको बताए । उनले जेष्ठ नागरिककै कारण मुलुक आज यो अवस्था सम्म आएको तर मुलुकले उचित सम्मान गर्न नसकेको बताए ।


रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिमाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, रामपुर नागरपालिकाका प्रशासकिय अधिकृत ज्ञानराज कोईराला, रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल र रामपुर नगरपालिका वडा ७ का वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीले जेष्ठ नागरिक अनुभवको खानी र जिउँदो इतिहास रहेको बताउँदै उनीहरुको पोषण र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका थिए । नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम नगरपालिकाका शाखा अधिकृत दुर्गा प्रसाद खनालको स्वागत र महिला विकास सहायक पुजा परियारको सञ्चालनमा भएको थियो ।

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *