जनप्रतिनिधिलाई पार्टीको जिम्मेवारी

हाम्रा संवाददाता
बुटवल, असोज १३/ जनताले नै चुनेर पठाएका जनप्रतिधिहरुलाई पार्टीको जिम्मेवारी दिइएको छ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश पाँचका मुख्य मन्त्री शड्ढर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिईएको हो । एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेकपा पार्टी भित्र नै असन्तुष्टि बढेको छ । गत असोज ५ गते बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले मुख्य मन्त्री पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएपछि जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी दिएको भन्दै पार्टी भित्रबाटै असन्तुष्टि आएको हो । नेकपाको सचिवालय बैठकले पूर्ववत् निर्णय उल्ट्याउँदै कार्यकारी पदमा रहेका दुई मुख्यमन्त्रीलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।


मुख्यमन्त्रीको जिम्मेवारी समालेका व्यक्तिलाई नै प्रदेश इन्चार्ज थपिदिएपछि उनीहरूको जिम्मेवारी बढेको हो । एकातिर सघीयता कार्यान्वयनका लागि धेरै समय खर्चेर काम गर्नुपर्ने अवस्था छ भने अर्को तिर नेकपाका प्रदेश र जिल्ला कमिटीको एकता टुङ्गयाउनुपर्ने अवस्था छ । गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिँदा नेकपाले आफ्नै पूर्ववत निर्णय पनि पालना गरेको छैन । गत साउन २४ गते बसेको सचिवालय बैठकले जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पदमा नरहने निर्णय गरेको थियो । सघीयता कार्यान्वयनको समयमा मुख्य मन्त्रीले प्रदेश र जिल्ला तहको पार्टी एकता प्रक्रियामा बढी समय खर्चनुपर्ने भएकाले नेकपा भित्र दुईवटा प्रश्न उठाईएको छ । जनताको पक्षमा काम गर्न पठाएका मुख्यमन्त्रीलाई पार्टी जिम्मेवारी किन चाहियो ? दाहोरो जिम्मेवार किन ? ‘यी स्वाभाविक प्रश्न हुन् ।’ नेकपाका एक स्थायी समिति सदस्यले भने । सघीयता कार्यान्वयनमै उहाँहरूको चिन्ता थियो भने अहिले अन्तरिम कालमा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिनुहुँदैनथ्यो । नेकपाका स्थायी कमिटीका एक सदस्यको टिप्पणी छ । संविधान कार्यान्वयनका बेला जिम्मेवार पूर्वक काम गर्नु पर्ने बेलामा मुख्यमन्त्रीहरुले पार्टीको कार्यकारी जिम्मेवारी लिएर अगाडि बढेका छन् । यसले गर्दा संविधान कार्यान्वयनमा शंड्ढा उत्पन्न भएको छ ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *