जनताको अपनत्व हुने गरी विकास र समृद्धि : सांसद छन्त्याल

कौरव खत्री
गुल्मी, कार्तिक १०/
प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालले अब मुलुकमा जनताको अपनत्व हुने गरी विकास र समृद्वि हुनुपर्ने बताएकी छन् । बाग्लुङ्गमा प्रथम गलकोट महोत्सवको उद्घाटन गर्दै सांसद छन्त्यालले संविधान कार्यान्वयनको चरणमा रहेकाले अबको विकास र समृद्वि जनताको अपनत्व हुने किसिमको हुनु पर्ने बताएकी हुन् । उनले देश नयाँ संरचनामा गईसकेको भन्दै जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास हुनु वर्तमान आवश्यक रहेकोमा जोड दिइन् । मुलुक विकास र समृद्विको बाटोमा अघि बढिसकेको बताउदै सासंसद छन्त्यालले स्थानीय जनप्रतिनिधिहरुलाई विकास निर्माणका क्षेत्रमा लाग्न आग्रह गरिन । साथै उनले कहिकतै सघीयता ढल्छ कि भन्ने दुविधा जनमानसमा रहेकाले त्यो दुविधा त्याग्नु पर्नेमा जोड दिइन् । ठूलो संघर्ष र बलिदानीबाट ल्याइएको संघीयता भएकाले अब कुनै पनि हालतमा नठल्ने सांसद छन्त्यालले चेतावनी दिइन् ।

फरक प्रसंगमा उनले जिल्लाका सबै गाँउपालिका र नगरपालिकाको विकासका लागि आफू सघीय संसदमा बजेटका लागि संघर्ष गरिरहेको जानकारी गराइन् । साथै सांसद छन्त्यालले गलकोट क्षेत्रमा कृषि, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना भएकाले त्यसको पहिचान गरेर विकासमा ध्यान दिन आग्रह गरिन ।
युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना हुने गरी श्रोतको पहिचान गनुपर्नेमा जोड दिदै उनले कला संस्कृतिको संरक्षण र विकासमा सबै पक्षले चासो दिनु पर्ने बताइन् ।
यस्तै गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले गलकोट क्षेत्र पर्यटकीय हिसावले समेत प्रचुर संम्भावना बोकेकाले यसको विकासमा ध्यानदिनु पर्ने बताए । उनले नेपाली जनताहरुको अपनत्व हुने गरी विकास र समृद्धिको अभियानमा लाग्नु पर्नेमा जोड दिए ।

यस्तै गण्डकी प्रदेशका सांसद दिलमाया रोका,जिल्ला समन्वय समिति बाग्लुङ्गका प्रमुख राजेन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल,गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बाग्लुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेल,ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति,बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा, निसिखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेल,नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सयन्त्र सदस्य फमलाल निउरे,नेपाली काँगे्रसका जिल्ला सल्लाहकार सदस्य हरिप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बाग्लुङ्ग उद्योग वाणिज्य संघ गलकोट इकाईका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता बरिष्ठ उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमको स्वागत र कार्यक्रमको सञ्चालन महासचिव हिमबहादुर भण्डारीले गरेका थिए ।

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *