चिसो बढेसँगै गुल्मीमा सिद्धबाबा माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

रमेश विश्वकर्मा
गुल्मी, मंसिर ६
/ जिल्लामा अत्याधिक चिसो बढेसँगै विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई श्री सत्य साई केन्द्र गुल्मीले न्यानो कपडा वितरण गरेको हो । केन्द्रले आर्थिक रुपले विपन्न तथा कमजोर भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिहिबार कपडा वितरण गरेको छ ।

कक्षा १ मा पढ्ने रेसुङ्गा नगरपालिका वडा ८ निवासी चन्द्रबहादुर विकका छोरा विनोद विक बाग्लुङ्ग जिल्ला निशापानीकी सीता घर्तीका छोरा बसन्त घर्ती, कक्षा २ मा पढ्ने लक्ष्मी नेपालीको छोरी सम्झना नेपाली गुल्मी दरबार गाउँपालिका वडा ३ निवासी तारा थापाका छोरा सन्दिप थापा, कक्षा ३ मा पढ्ने रेसुङ्गा नगरपालिका वडा २ निवासी गँगा घर्तीका छोरा शुधन घर्ती, कक्षा ४ मा पढ्ने रेसुङ्गा नगरपालिका वडा १० निवासी मुना थापाका छोरा अजय थापा र कक्षा ५ मा पढ्ने प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा ८ निवासी ममता विककी छोरी रितु विकलाई स्विटर र टोपी वितरण गरिएको थियो । वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले परोपकारी र सराह्नीय कार्य गरेकोले संस्थालाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा सत्य साई केन्द्रका अशोक कुमार पाण्डे, अशोक गैरे, लिलबहादुर केसी, विद्यार्थी, शिक्षक कर्मचारीको समेत उपस्थित रहेको थियो ।



  • 500
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    500
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *