‘घाँटी भिजाउन पाईएन, समिति चाहिएन’

सुशिल नेपाल
पाल्पा,  : प्रचण्ड गर्मीमा छाताको छायाँमा छेकिँदै चर्का नारा लगाउँदै बजार परिक्रमा गर्ने तानसेनबासीमा एक किसिमको आक्रोश प्रष्ट देखिन्थ्यो ।
नारा र जुलुसले सुकेको घाटी भिजाउनका लागि मिनरल वाटरको सहयोग लिन बाध्य तानसेनका सडकमा उपभोक्ताले शुक्रबार आन्दोलन गर्दा तानसेन खानेपानी उपभोक्ता समिति मौन छ । दलीय सहमतिका आधारमा निर्माण भएको यो समितिले पानी वितरणमा भएको अनियमिततालाई परिपूर्ति गर्ने विषय भन्दा पनि पानीका नाममा हुने राजनैतिक जोड घटाउलाई मात्र नियाली रहेको अवस्थाप्रति एउटा निकायले अर्को निकायलाई दोषारोपण गरेर उन्मूक्ती पाउने आशामा मात्रै सिमित देखिन्छ । खानेपानी समितिको पदाधिकारी भए पछि नगरको ठूलै जनप्रितिनिधि भइन्छ, भन्ने सोंचका साथ बनेको समितिले नैतिकता नै गुमाई सकेको स्थानीय उपभोक्ता र सरोकारवालाहरुको आरोप छ, उनीहरु भन्छन्, आर्थिक अनियमितता र नातावाद, कृपावादबाट समिति उन्मुक्त हुन सकेको छैन, । उपभोक्ताहरु भन्दै थिए, पानी वितरण र धारा व्यवस्थापनमा सुधार गर्छु, भनेकाले काम गर्न नसकेपछि पदमै टाँसिएर बसिरहनुको कुनै औचित्य नै छैन् । शान्तिपूर्ण आन्दोलनको अगुवाई गर्दै आएका स्थानीय सरोकारवाला चिरन्जीवी ढुंगाना र चित्रवलीराम सुवाल भन्छन्,, समितिले सकेन्, सरकारलाई जिम्मा दिए हुन्छ,, उनीहरु घरको धारामा पानी नआएपछि यसरी रित्ता भाँडा सहित सडकमा आउन बाध्य भएका हुन् । समिति चाँहिदैन, मनोमानी गर्न पाइदैन, घाँटी भिजाउन पाइएन, यस्तो समिति चाहिएन, लयागतका नारा नगरमा लागेको थिए । सरकारको जिम्मामा रहँदा यस्तो समस्या नरहेको र समितिले जिम्मा लिएपछि तानसेनमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएको तानपा ४ मखनटोलका राजेन्द्रमुनी शाक्य बताउँछन् । धारा छ पानी छैन्, पनि कुनै तरिका हो ? तानपा ६ बसन्तपुरका मीनबहादुर केसीले भने, ‘अव यसको जिम्मा सरकारले लिनुपर्छ ।’ खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीले यस्तोे समस्या सिर्जना भएको हो, सूर्यबहादुर बोहोराल भने, ‘अव तानसेनवासीको समस्या समाधान नभएसम्म आन्दोलनका कार्यक्रमहरु निरन्तर हुनेछन् ।’ विगत एक वर्ष देखि आएको यस्तो विकराल अवस्था प्रति स्थानीय प्रशासन रमिते भएको आन्दोलनमा सहभागिहरुको गुनासो थियो ।

  • 107
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    107
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *