ग्लोबल आईएमई बैंकले पराल्मीमा शाखा रहीत बैंकिङ्ग सेवा विस्तार

गुल्मी, जेठ २९/ग्लोबल आईएमई बैंकले ग्रामीण बस्तीहरुमा बैंकिङ्ग सेवा दिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाको पराल्मीमा शाखा रहीत बैंकि· सेवा विस्तार गरेको छ ।

बैंकले रेसुङ्गा नगरपालिका भित्रको वडा १४ को पराल्मीमा सदरमुकामबाट टाढा पर्ने ग्रामीण बस्ती शाखा रहीत सेवा विस्तार गरेको हो । शाखा रहीत बैंकिङ्ग सेवाको एक कार्यक्रमको आयोजना गरेर सेवा विस्तार गरिएको ग्लोबल आईएमई बंैक तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए । यस शाखा सहित बैंकका शाखा रहित बैंकिङ्ग सेवा संख्या १ सय ४६ पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएपछि पराल्मी, रातामाटा, भेगका स्थानीयलाई सरल र शुलभ तरिकाले सेवा प्रदान गर्ने तम्घास शाखा प्रमुख रायमाझीले बताए । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसँग बैकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा एक्सटेन्सन काउन्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा दिँदै आएको छ ।

हाल नेपालभर बैंकका १ सय ३७ वटा शाखा १५ वटा राजश्व काउन्टर रहेका छन् । १ सय ४२ एटिएम, १० वटा एक्सटेन्सन काउन्टर रहेकाछन् । बैंकिङ्ग नेपाल बाहिर ३ प्रतिनिधि कार्यालय मार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा प्रदान गर्दै आइरहेको छ । शाखा रहित बैंकिङ्ग सेवा विस्तार कार्यक्रममा तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझी, रेसुा नगरपालिका वडा १४ का वडा अध्यक्ष शेरबहादुर पहराई, ग्लोबल आईएमई शाखा गौडाको शाखा प्रमुख लोकबहादुर थापा, उत्तम पुन लगायत स्थानीयको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *