गुल्मी लोक तारा दुईको दोस्रो चरण सकियो, प्रथमले ५० हजार पाउने

गुल्मी, जेठ २५/गुल्मी लोक तारा दुईको दोस्रो चरणको कार्यक्रम सकिएको छ । लोक दोहोरी प्रतिष्ठान जिल्ला शाखाले गत बैशाख १५ गतेदेखि सञ्चालन गरेको दास्रो चरणको कार्यक्रम सकिएको हो । जिल्लाका विभिन्न स्थानबाट पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये ३५ जना दोस्रो चरणमा छनोट भएका थिए । प्रतियोगी मध्ये तेस्रो चरणका लागि २१ जना छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष जनक पन्थले बताए । दोस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष खुमबहादुर खत्री र गायक उज्जवल गिरीले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिष्ठानले तेस्रो चरणको छनोट कार्यक्रम जेठ ३१ गते गर्ने भएको छ । तेस्रो चरणबाट छनोट भएका मध्ये १० जना फाइनल चरण्को लागि छनोट गरिने अध्यक्ष पन्थले बताए । तेस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठानको अञ्चाल कार्यसमितिबाट हुने भएको छ । प्रतियोगिताको फाइनल कार्यक्रम भने असार अन्तिम साता गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद ३० हजार, कप र प्रमाणपत्र, तृतिय हुनेले नगद २० हजार कप र प्रमाणपत्र प्राप्त गर्न सक्ने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । कार्यक्रमले लोक संस्कृतिको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउँघरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उद्देश्य रहेको संयोजक खत्रीले बताए । यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत पुग्ने,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा राखेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *