#odisan news # Gulmi news #

“गुल्मी लोकतारा सिजन–२” सञ्चालन हुने

रमेश विश्वकर्मा
गुल्मी, बैशाख ७ /
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले “गुल्मी लोकतारा सिजन–२” सञ्चालन गर्न गइरहेको जनाएको छ । गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रष्फुटन गराउनका लागि प्रतिष्ठानले “गुल्मी लोकतारा सिजन–२” सञ्चालन गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । जिल्लाका १२ वटै स्थानीय तहहरुमा गई पहिलो चरणको अडिसन सञ्चालन गर्नेे प्रतिष्ठानका जिल्ला अध्यक्ष जनक पन्तले जानकारी दिए । पहिलो चरणको अडिसन यहि बैशाख १५ गते देखी सञ्चालन हुने भएको छ । अडिसनमा भाग लिनका लागि उमेरको हदबन्दी तोकिएको छैन, तर एल्बम निकालेका कलाकारहरुले भने भाग लिन नपाउने अडिसन कार्यक्रमका संयोजक बसन्त खत्रीले जानकारी दिए । अडिसनमा प्रथम हुनेले नगद ५० हजार , कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद ३० हजार , कप र प्रमाणपत्र , तृतिय हुनेले नगद २० हजार कप र प्रमाणपत्र पाउने संयोजक खत्रीले बताए । अडिसन असार मसान्त सम्म भित्र सकिने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •