गुल्मी काँग्रेसले ५० दिने महाअभियान सञ्चालन गर्ने

गुल्मी, फागुन २८/नेपाली काँग्रेस गुल्मीले संगठन सुदृढीकरणका लागि ५० दिने महाअभियान सञ्चालन गर्ने भएको छ । काँग्रेस गुल्मीद्वारा सोमबार सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलन मार्फत ‘गुल्मी काँग्रसको आव्हान, गाउँ जाऊँ गाउँमै रमाउ’ भन्ने नाराका साथ उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाएको हो ।
पछिल्लो पटक जिल्लामा स्थानीयतह, प्रदेश र केन्द्रीय तहको चुनावमा सोंचे अनुसारको परिणाम नआएको अवस्थामा कतै पार्टीमा जनतासँगको सम्बन्ध कमजोर भयोकि भन्ने निष्कर्षका साथ उक्त महाअभियान शुरु गर्न लागेको नेपाली काँगे्रस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए । उक्त अभियान अन्तर्गत जिल्लाका ९३ वटै वडाहरुमा गरीव एवं दलित परिवारको घरमा एक सातासम्म घरकै सदस्यको रुपमा बसेर उनीहरुकोे सुखदुःखलाई नजिकबाट नियाल्दै तिनीहरुको वास्तविक अवस्था र आवश्यकताको पहिचान गर्ने अभियानको मूल उद्देश्य रहेको पार्टी सचिव खिलध्वज पन्थीले बताए । उनका अनुसार यस्ता प्रकारका कार्यक्रमले स्थानीय स्तरमा जनताका वास्तविक समस्याको बारेमा जानकारी लिने र त्यसवाट पार्टीले भोलिको योजना बनाउनका लागि थप सहयोग पुग्ने विश्वास रहेको बताईएको छ । पछिल्लो समयमा स्थानीय तहमा विकास निर्माणका काम कछुवा गतिमा अघि बढेको, विकास निर्माणमा प्रभावकारिता नभएको, अनियमितता र भष्ट्राचार बढेको भन्दै त्यसलाई रोक्नका लागि ५० दिने अभियानका दौडानमा काँग्रेसले जिल्लामा छायाँ सरकार गठन गर्न लागेको जानकारी गराईएको थियो । उक्त छाया सरकाले स्थानीय स्तरमा भएगरेका कामको औचित्य र त्यसको प्रभावकारिता लगायत गलत प्रवृतिको खबरदारी गर्ने बताईएको छ । पार्टीको २० औं बैठकको निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चार विभाग प्रमुख विष्णुकुमारी सापकोटाले पार्टी सभापति श्रेष्ठको संयोजकत्वमा पन्ध्र सदस्यीय कार्यसम्पादन समिति र संगठनलाई नयाँ शैलीमामा अघि बढाउनका लागि २६ वटा विभिन्न विभागहरुको समेत गठन गरिएको बताइन् । ५० दिने सो अभियानले स्थानीय स्तरमा पार्टी कार्यकर्ताहरुमा उत्साह र उर्जा थपिनुका साथै संगठन पनि बलियो बन्ने विश्वास काँग्रेसले गरेको छ । स्थानीय तहको चुनाव अघि गुल्मी काँग्रेसले संगठन विस्तारका लागि भन्दै दुईसाता लामो ‘अर्बेनी –अग्लु·’ अभियान समेत सञ्चालन गरेको थियो ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *