गुल्मीमा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सकियो

अनिल खत्री
गुल्मी : गुल्मीमा सातौं राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगिता सकिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय सातौं राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगीता गुल्मीको तम्घासमा सकिएको हो ।
प्रतियोगिताबाट २ सय ४३ अंक लिएर प्रथम स्थान हासिल गर्दै त्रिभुवन उच्च मावि कुर्घाले लगातार दुई वर्ष राष्ट्रपति रनिड्ड शिल्ड हात पारेको छ । प्रतियोगिताबाट १ सय १२ अंकका साथ धर्मपुर उच्च मावि ठुलोलुम्पेक द्वितीय भएको छ भने १ सय ११ अंकका साथ पृथ्वी उच्च मावि पुर्कोटदह तृतीय भएको छ । प्रतियोगितमा प्रथम हुने विद्यालयले शिल्ड, मेडल, प्रमाण पत्रसहित नगद ७० हजार पाएको छ भने, द्वितीय हुनेले नगद २० हजार र तृतीय हुनेले १५ हजार नगद मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सञ्चारको तर्फबाट सहयोग गरेको भन्दै जिल्लाका चार जना पत्रकारलाई सम्मान गरिएको हो । प्रतियोगित सम्पन्न गर्न सहयोग गर्ने विभिन्न कार्यालयहरुलाई पनि सम्मान गरिएको थियो । प्रतियोगितामा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट छनोट भएर आएका ४५ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगितमा भलिवल र कबड्डीखेलमा १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । जिल्ला स्ततरीय प्रतियोगिता हेर्न जिल्लाका विभिन्न स्थानबाट मानिसहरु आएका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्वस्थ्य जीवनका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउँदै गुल्मी जिल्लाबाट पनि राष्ट्रको शिर उचो राख्ने खालका प्रतिभाहरु रहेको बताए । उनले नेपालले सिमित श्रोत साधनका बीच पनि खेल क्षेत्रमा खेल क्षेत्रले पनि फड्को मार्दै गएको बताए । प्रतियोगितामा एथ्लेटिस तर्फ रिलेदौड, महिला पुरुष तर्फका दौड, लङजम्प, हाइजम, त्रिपलजम, ज्यामिड्डथ्रो सटफुट, महिला तथा पुरुष भलिवल र महिल तथा पुरुष कबटी लगायतका खेलहरु सञ्चालन भएका थिए । प्रतियोगितको समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •