गुल्मीमा विद्युत् अनियमित हुँदा नागरिकलाई सास्ती

रमेश विश्वकर्मा
गुल्मी, जेठ १/ जिल्लामा अहिले दैनिक विद्युत अवरुद्ध भइरहेको छ । बुटवलको जैकुटी, चौडाहा, पाल्पा हुँदै सदरमुकाम तम्घास आउने विद्युत अनियमित भएको हो । केहि समय अघि उद्योग वाणिज्य संघ र पत्रकार महासंघले कार्यालयको ध्यानाकर्षण समेत गराएका थिए । पटक–पटकको यो समस्याले नागरिकलाई हैरानी समेत भएको छ । तर कार्यालयले भने यस तर्फ ध्यान दिएको छैन । नेपाल विद्युत प्राधिकरण जिल्ला वितरण केन्द्रले विद्युत अनियमिता हुने प्रमुख कारण हावाहुरी, चट्याङ्ग अनि लाइनहरुमा रुखहरुले छुने लगायतका समस्याले गर्दा विद्युत नियमित हुन नसकेको बताएको छ । वितरण केन्द्रले धरै टाढाबाट विद्युत आउने हुदाँ बुटवल र पाल्पामा केहि समस्या भएपनि विद्युत अवरोध हुने गरेको सूचना अधिकारी तथा इन्जिनियर मेखराज जोशीले बताए । विद्युत नियमित हुनको लागि लामो समय लाग्ने कार्यालयले जनाएको छ । लामो दुरीबाट विद्युत आउँदा पनि बढी समस्या पर्ने गरेको छ । बुटवल र पाल्पामा समस्या आए गुल्मीमा विद्युत अवरोध भईहाल्छ ।

समस्या उस्तै, उपभोक्ता बढ्दै

जिल्लामा विद्युतको समस्या नयाँ कुरा भएन् । बर्षौदेखि समस्या उस्तै छ । बरु उपभोक्ताहरुको संख्या वृद्धि हुँदै गएको छ । जिल्ला वितरण केन्द्रका अनुसार जिल्लामा गत चैत महिनाको तथ्याङ्क हेर्दा कुल ४६ हजार सात सय ४८ उपभोक्ता रहेका छन् । बैशाख महिनामा मात्र एक हजार भन्दा बढी उपभोक्ता थपिएको केन्द्रका सुूचना अधिकारी जोशीले जानकारी दिए । एक ठाउँमा हावाहुरी लाग्न साथ जिल्लाका ४६ हजार सात सय ४८ उपभोक्ता मारमा पर्ने गरेका छन् । जिल्लामा सामुदायिक र वितरण केन्द्रका आफ्नै गरी दुई प्रकारका ग्राहक रहेका छन् । जसमा सामुदायिक मध्ये ३० हजार र वितरण केन्द्रका २६ हजार सात सय ४८ रहेका छन् । वितरण केन्द्रबाट एक महिनामा ११ लाख युनिट बराबर विद्युत खपत हुने गरेको कार्यालयले जनाएको छ । सवै किसिमका सेवाग्राहीबाट मासिक ५५ लाख भन्दा बढी महसुल उठ्ने गरेको सुचना अधिकारी जोशीले जानकारी दिए ।

अवरुद्ध भएको सूचना पुग्नै १० मिनेट

जिल्लामा लाइन गयो भनेर केन्द्रसम्म सूचना पु¥याउन पनि १० मिनेट लाग्ने गरेको सू्चना अधिकारी जोशीले बताए । जिल्लामा लाइन गए पाल्पा खबर गर्नुपर्छ । पाल्पाले बुटवलको चौडाह खबर पु¥याउँछ । चौडाहले पनि फेरि जैकुटी खबर गर्नु पर्दछ । त्यसपछि मात्रै केन्द्रमा सूचना थाहा पाउने जोशीले बताए । ‘जिल्लामा विद्युत अवरुद्ध भएको सुूूचना केन्द्रमा पु¥याउन तीन ठाउँ सम्पर्क गर्नुपर्छ,’उनले भने,‘सुचनाका लागि १० मिनेट कुर्नु पर्छ ।’ जिल्लाको लाइन नै अत्यन्तै लामो दुरीमा वितरण भएकाले समस्या बल्झिरहने कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *