गुल्मीमा राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता, विभिन्न विधाका खेलाडी सम्मानित

रमेश विश्वकर्मा
गुल्मी,मंसिर २५/
जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनौट प्रतियोगिताको मंगबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खेलकुद व्यक्तिगत जीवनका लागि मात्र नभएर सामाजिक तथा राष्ट्रिय पहिचानका लागि महत्वपूर्ण हुने बताए । उनले देश संघीयतामा गएसँगै अहिले निमार्ण भएका स्थानीय सरकार तथा प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई अत्यन्तै महत्वपूर्ण रुपमा हेर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा आइटीएफ तोक्वान्दो साउथ यशिएन खेलमा प्रथम भएका विरेन्द्र कुवँर, द्धितिय हुने आशिम बुचा, गरिमा छन्तेल, तेश्रो भएका सविना श्रेष्ठ, भुवन श्रेष्ठ, विपिन श्रेष्ठ, विक्रम पचभैया , राष्ट्रिय तेक्वान्दो खेलमा तेश्रो भएका सागर श्रेष्ठ, विकल पौडेल, प्रशान्त केसी, प्रदेशस्तरीय आइटीएफ तोक्वान्दो प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल पुजा रसाइली,राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा तेश्रो स्थान हाँसिल गर्न सफल सपना सारु, १० औं राष्ट्रपति क्षेत्रीय प्रतियोगितामा दोश्रो हुने दिपा पुन, सचिन पुन अनि तेश्रो हुने कश्मिरा थापा, निशा पौडेल, दिपेश पुन, राष्ट्रपति रनिङ्गशिल्ड क्षेत्रीय खेलकुद प्रतियोगिता कबड्डी खेलमा प्रथम भएका सविन क्षेत्री, सचिन क्षेत्रि, कल्पना कार्की, गंगा राकसकोटी, सिता राना, चुरी राना, बिना तरामु, सिर्जना राहडी लगायतलाई सम्मान् गरिएको थियो । छनौट प्रतियोगितामा महिला–पुरुष भलिबल, पुरुष फुटबल, महिला–पुरुष कबड्डी प्रतियोगिता, पुरुष क्रिकेट, तेक्वान्दो महिला–पुरुष, कराँते महिला–पुरुष, बक्सीङ पुरुष, ब्याडमिन्टन महिला–पुरुष, टेबलटेनिस महिला–पुरुष, एथ्लेटिक्स महिला–पुरुष र आईटिएफ तेक्वान्दो महिला –पुरुष प्रतियोगिता गरी ११ वटा खेलमा छनौट गरीने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए । छनौट प्रतियोगिता यहि मंसिर २८ गतेसम्म सदरमुकाम तम्घासमा सञ्चालन हुनेछ । जिल्लामा छनौट भएका खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौटमा जाने छन ।

  • 219
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    219
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *