गुल्मीमा यसरी मनाईयो, मेलमिलाप दिवस

रमेश विश्वकर्मा
गुल्मी, ( तम्घास) पुस १६/
नेपाली काँग्रेसले सोमबार देशभरी ७७ वटै जिल्लामा नै केन्द्रिय प्रतिनिधि खटाएर मेलमिलाप दिवस मनाउँने क्रममा गुल्मी पनि धुमधामका साथ मनायो । नेपाली काँग्रेस गुल्मीले ४३ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस तम्घासमा मनाएको हो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वकृषि मन्त्री रामकृष्ण यादव आएका थिए । काग्रेसका जिल्ला उपसभापति बिष्णु बलालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वकृषि मन्त्री यादवले मेलमिलापको नीति नै लोकतन्त्रलाई संस्थागत गर्ने बताए । कार्यक्रमका बिशेष अतिथि नेका गुल्मीका जिल्ला सभापति त्रैलोक्य प्रताप सेनले, मेलमिलाप दिवसबाट पार्टी एक भएको बताए । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले मेल मिलाप र एकता बोलीमा नभएर व्यबहारमा हुनुपर्ने बताए । कार्यक्रममा काँग्रेस भातृसङ्गठनका पदाधिकारी, आस्थावान् नेता तथा कार्यकर्ता, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिव खिलध्वज पन्थीको सञ्चालनमा भएको
हो ।

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *