गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

अनिल खत्री
गुल्मी, वैशाख ३१÷गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । छल्दी खोलामा आएको बाढीमा तर्ने क्रममा बगाएर हस्तिचौर वडा ९ पालुखा निवासी ४८ वर्षिय तिलबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
नेपाली घर नजिकै सिर्पु भन्ने स्थानबाट खोला तर्ने क्रममा छल्दी खोलाले बगाएको थियो । खोलाले बगाएर घाइते नेपालीलाई उपचारको लागि तम्घास ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *