गुल्मीमा किरण पुस्कालयको स्वर्ण महोत्सव

रमेश विश्वकर्मा

गुल्मी, कार्तिक ७/ किरण पुस्तकालय गुल्मीले स्वर्ण महोत्सवसँगै ५१ औं पुस्तकालय सभा ंमनाएको छ । ‘समृद्ध पुस्तकालयः सुदृढ समाज ’ भन्ने मुल नाराका साथ पुस्तकालय सभा मनाएको हो । सभालाई सम्वोधन गर्दै प्रजिअ यदुनाथ पौडेलले मौलिकतालाई कायम राख्दै नयाँ पुस्तालाई पुस्तकालयमा कसरी आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
पौडेलले किरण पुस्तकालय जिल्लाकै बौद्धिक सम्पत्तीको मियो भएको भन्दै सबै पक्षलाई समावेश गदै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सीता भण्डारीले देश अहिले संघीयतामा गएकाले पुस्तकालयको संक्षणको जिम्मा अब स्थानीय तहको काँधमा आएको बताइन् । उनले पछिल्लो समय पुस्तकालयप्रतिको आकर्षण घट्दै गएकाले प्रविधिमैत्रि पुस्तकालय निर्माणमा नगरपालिकाले सहयोग गर्ने बताइन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद पोखरेल, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, पुस्तकालयका सभासद राधा पन्थी लगायतले किरण पुस्तकालय बौद्धिक खुराक पस्किने ठाउँ भएकाले समाज विकासको सुचकका रुपमा यसलाई लिन सकिनेमा जोड दिए । सोही अवसरमा पुस्तकालयका सचिव दीन पन्थीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष चन बहादुर कुवँरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । महोत्सव कार्तिक २७ गते सम्म सञ्चालन हुने छ ।

  • 98
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    98
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *