गुल्मीबाट प्रदेशका लागि खेलाडी छनौट

रमेश विश्वकर्मा
गुल्मी, पुस १८
/जिल्ला खेलकुद विकास समितिले प्रदेशका लागि खेलाडी छनौट गरेको छ । समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न विधाका खेलका लागि खेलाडी छनौट गरेको हो । समितिले विभिन्न विधाका लागि एक सय ४२ जना खेलाडी छनौट गरेको छ । समितिले डब्ल्यु टिएफ तेक्वान्दो, कबड्डी, फुटबल, एथ्लेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, वसिङ्ग, आइटीएफ तेक्वान्दो, कराते र भलिवलका लागि महिला पुरुष खेलाडी छनौट गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । छनौटमा डब्ल्यु टिएफ तेक्वान्दो पुरुष तर्फ दिपेन्द्र चुदारा, अरुण ताम्राकार, झविन्द्र रेगामी, दिपेश पुन, मनोज पाण्डे, देव सोमै, भिमप्रकाश राना र खेतबहादुर राकसकोटी रहेका छन् । त्यस्तै डब्ल्यु टिएफ तेक्वान्दो महिला तर्फ दिपा पुन, कश्मिरा थापा, माया बूढा, सपना सारु, सुजन्ता बलाल, रञ्जना नेपाली, पद्मा पुन र मनिषा राकसकोटी गरी १६ जनालाई समितिले छनौट गरेको छ ।

त्यस्तै कबड्डी पुरुष तर्फ गणेश पुन मगर, सन्दिप भर्ताल, श्यामलाल बूढा मगर, सन्तोष मुखिया, आकाश बूढा मगर, प्रज्वल विक्रम कँुवर, कमल पाण्डे र मोहन थापा छनौटमा परेका छन् । महिला कबड्डी तर्फ सिता राना, सविना क्षेत्री, चुरीकुमारी राना, हरिमाया सिंजाली, दुर्गा विक, अरुण रायमाझी, सचिना क्षेत्री, मञ्जु राकसकोटी, रन्जना बिक र कल्पना कार्की गरी २० जनालाई समितिले छनौट गरेको छ । फुटबल पुरुष तर्फ नविन श्रेष्ठ, कपिल राकसकोटी, आशिष श्रेष्ठ, शिशिर थापा मगर, विनोद केसी, अमृत मरासिनी, कल्याण भुजेल, महेन्द्र केसी, विशाल अधिकारी, जीवन खड्का, रमेश चुदारा, विनय बस्नेत, युवराज बूढा मगर, सन्तोष विक, गणेश पाण्डे र अभिषेक श्रेष्ठ गरी १६ जना छनौटमा परेका छन् ।

त्यस्तै एथ्लेक्सि पुरुष तर्फ ओम बहादुर नगकोटी र महिला तर्फ दुर्गाकुमारी भर्ताल, धनमाया राना र गीता बिक छनौट भएका छन् । टेबल टेनिस तर्फ मीनबहादुर बुचा र अनिल भण्डारी छनौट भएका छन् । ब्याडमिन्टन पुरुष तर्फ झमन फौजा मगर, बैकुण्ठ श्रेष्ठ र विवेक शर्मा रहेका छन् । वसिङ्ग तर्फ कुमार बूढा, रविन्द्र बूढा, टोपबहादुर काला, निमप्रसाद राहादी र सूर्यबहादुर काला रहेका छन् ।

क्रिकेट तर्फ असिम वास्ताकोटी, सरोज पौडेल, राहुल भट्टराई, रमेश कामी, त्रिदेव कार्की, असविन हमाल, कौशलसिंह सार्की, आकाश खड्का, महेन्द्र सुवेदी, अर्जुन गिरी, सुसन्देश पुन, ज्योती भण्डारी, शंकर बिष्ट, प्रकाश कार्की, सुवास विक, सन्तोष सोमै, लालबहादुर भुजेल, रमेश श्रीस र प्रकाश सूर्यवंसी रहेका छन् । आईटीएफ तेक्वान्दो पुरुष तर्फ विरेन्द्र कुंवर, श्रीप्रसाद बूढाथोकी, विकल पौडयाल, सागर श्रेष्ठ, प्रविन श्रेष्ठ, अषिम वुचा मगर, सुरेश सोमै र महिलातर्फ सविना श्रेष्ठ, पुजा रसायली, सर्मिला बूढाथोकी, सिमा खासु, रचना सोमै सृष्टि पन्थ, सुस्मिता राना र प्रतिक्षा दर्लामीलाई समितिले छनौट गरेको छ ।

त्यस्तै कराँते पुरुष तर्फ भिबहादुर बलाल, विजय सारु, जङ्गबहादुर राना, लक्ष्मण थापा सोमै, रोहित श्रेष्ठ, अमर पल्ली, चन्द्रबहादुर रासकोटी, महिलातर्फ ः अन्जना सारु, आरती खत्री, रक्षा शाही ठकुरी, सरस्वती सारु, दिपा राना मगर र गिता पुवारे छनौट भएका छन् । कराँते तर्फ नै टिम कातामा रमेश श्रीस, ओमबहादुर राना, कुमार थापा, सपना रिजाली, पूर्णकला घर्ति मगर, शोभा पल्ली, सिंगल कातामा मोहन घर्ति मगर र भगवती राना छनौट भएका छन् । त्यस्तै भलिबल पुरुष तर्फ नारायण सिंजाली, दिपेन्द्र सिंजाली, मौसम कँुवर, कृष्ण बिक, सन्दिप बिक, राजु रजाली, कमल श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, डोलबहादुर थापा र श्रीकृष्ण छन्त्याल छनौट भएका छन् । भलिबल कै महिला तर्फ खिमा थापा, माया थापा, देउरुपा राहादी, सिता तरामु, सृजना राहादी, खुस्वु’ पुलामी, विन्जु थापा, मीना पोख्रेल, सम्झना पोख्रेल र कल्पना थापा छनौट भएको खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रदेश छनौटको खेल आउँदो माघमा हुने छ ।

  • 125
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *