गुल्मीको मालिकामा बम फेला

अनिल खत्री, गुल्मी, असार २३/ गुल्मीको मालिका गाउँपालिकामा बम फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भीरकुना स्थित पुरानो तत्कालिन माओवादीले लगाउने कम्ब्याडमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । स्थानीय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले बम जस्तो फेला पारेसँगै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थल वरिपरि हेर्नेक्रममा सोहि ठाउँको १० मिटर नजिकै ओडारमा बड गृप टुट्टिएको अबस्थामा पुरानो खालको हर्नेट नामक बन्दुक समेत फेला परेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए । बम द्धन्दकालमा तत्कालिन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बम डिस्पोजल गर्नको लागि बिरभद्रजंग गुल्मबाट डिस्पोजल टोली घटना स्थल तर्फ लाग्ने तयारीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत कार्कीले जानकारी दिए । बम फेला परेको स्थान सदरमुकामबाट झण्डै १ सय किलोमिटर टाढाको दुरीमा पर्दछ । बम भेटिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *