गुल्मीको भुर्तुङ्गमा नेकपा परित्याग गरी दर्जन बढी कार्यकर्ता काँग्रेसमा प्रवेश

गुल्मी, भदौ ८/नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्वर १ अन्तर्गत काली गण्डकी गाउँपालिका भुर्तुङ्गमा नेकपा परित्याग गरेर एक दर्जन भन्दा धेरै काँग्रेसमा प्रवेश गरेका छन् । वडा समितिले आयोजना गरेको पार्टीप्रवेश कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली काँग्रेसको लोकतान्त्रिक मूल्य र मान्यतालाई बुझेर पार्टीमा प्रवेश गरको भन्दै स्वागत गरेका छन् ।

सभापति श्रेष्ठले अब नेपाली काँग्रेस सशक्त भएर अगाडि बढ्ने कुरामा दुईमत नभएको बताए । पार्टीका वडा सभापति रुक्मागत शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति विष्णु बलालले देशको समग्र विकासका लागि नेपाली काँग्रेस वाहेक अरुले गर्न नसक्ने बताए । सचिव खिलध्वज पन्थीले नेपाली काँग्रेस नयाँ शैलीमा जनताको प्रियपार्टीका रुपमा अगाडि बढ्दै आएको बताए । नेपाली काँग्रेसका महासमिति सदस्य तथा कालीगण्डकी गाउपालिकाका अध्यक्ष वेदवहादुर थापा मगरले, काँग्रेसले जनताका पक्षमा आवाज उठाउने कार्य गरेको देखेर जनता नेकामा प्रवेश गर्नेहरुको संख्या बढेको बताए ।

जिल्ला समितिकी सचिव विष्णु सापकोटाले नेपाली काँग्रेस गुल्मी क्षेत्र १का क्षेत्रीय उपसभापति जगदीश भट्टराई, क्षेत्रीय सदस्य तथा कालीगण्डकी गापाका वडाअध्यक्षहरु लोकप्रताप शाह,थमनसिं आले लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला समितिका सदस्य गोपाल प्रसाद श्रेष्ठको स्वागत, युवा नेता अनिश ढकालको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •