गुल्मी, मंसिर १९/कालीगण्डकी गाउँपालिका ५ अन्र्तगतको फोक्सी·मा समुदाय–प्रहरी साझेदारी समिति गठन भएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत फोक्सी·मा समिति गठन भएको हो । प्रहरी र स्थानीय बीच छलफलपछि प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । वडा अध्यक्ष थम्वनसिं आलेको संयोजकत्वमा प्रहरी साझेदारी वडास्तरीय समिति गठन भएको हो । समितिको सहसंयोजकमा असई बिष्णुबहादुर थापा रहेका छन् भने, सदस्यहरुमा वडाका जनप्रतिनिधी बोमबहादुर सुतपराई, कौशिला परियार, संगीता सुनार, दीपक थापा, स्थानीय वासिन्दा अशोक राना, सु.लोकबहादुर गाहा, टंक थापा, देवबहादुर थापा, लीलाधर सापकोटा, पदमबहादुर बिक, रुद्र श्रेष्ठ र ओमप्रसाद श्रेष्ठ रहेका छन् । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँग साझेदारी गर्ने गरी स्थानीय तहहरुमा समिति गठन गरेको छ । समिति गठन पश्चात प्रहरीसँग समन्वय गरी स्थानीय तहमा हुने अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष थम्वनसिं आले बताए ।