गुल्मीका किसानले क्षतिको राहत पाएनन्

जनार्दन घिमिरे
गुल्मी, असोज ९/
जिल्लाका किसानहरुले बन्यजन्तुको आक्रमणबाट भएको क्षती बापतको रकम अहिले सम्म पाउन सकेका छैन् । डिभिजन वन कार्यालय गुल्मीले एक वर्ष वितिसक्दा समेत किसानलाई रकम उपलब्ध नगराएको हो । वन्य जन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोश्रो संसोधन २०७४) बमोजिम पीडितले पशुधन क्षती वापत राहत पाउने व्यवस्था गरिए पनि जिल्लाका १२ जना किसानहरुले भने गत आर्थिक वर्षको राहत रकम अझैसम्म नपाएको भन्दै गुनासो गर्न थालेका छन् । गत आर्थिक वर्षमा वन्य जन्तुको आक्रमणबाट जिल्लाका १२ जना किसानहरुका घरपालुवा जनावरहरुमा क्षती पुगेको थियो ।

उक्त क्षति बापत घटनाको प्रकृति हेरी डिभिजन वन कार्यालयले प्रति घरपालुवा जनावरको पाँच हजारदेखि ३० हजार रुपैंयासम्म राहत रकम उपलव्ध गराउने प्रावधान रहेको छ । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेका अनुसार पशु धनको क्षती वापतको राहत रकम साविकको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराबाट प्राप्त भई जिल्ला वन कार्यालयको खातामा जम्मा भएको तर उक्त रकमको खर्च निकासा नभई सकेको हुँदा पीडितहरुलाई राहत वितरण गर्न ढीलाई हुन गएको जानकारी दिए । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणवाट पशुचौपाँयामा क्षति पुगेको बताईएको छ । तथ्यांक अनुसार चितुवाको आक्रमणबाट गत आर्थिक वर्षमा ३१ वटा बाख्रा र २ वटा गाई मरिसकेका छन् । क्षति पुगेका किसानहरुलाई पशुधनको क्षति वापत डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा रु एक लाख ६३ हजार राहत रकम उपलव्ध गराउनु पर्ने बताईएको छ

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *