गुम्बा र छेर्लुङ्गका जनताले घरमै लिए स्वास्थ्य सेवा

कृष्ण पोखरेल
पाल्पा, पुस १७/तानसेन नगरपालिका वडा १३ का जेष्ठ नागरिक तारादेवी भट्टराई र हेमनाथ भट्टराई विरामी भई विस्ताराभन्दा बाहिर आउने अवस्था थिएन् ।
दुवै विरामीलाई घरमै विस्तराबाट उठाएर तानसेन नगरपालिकाबाट खटिएको स्वास्थ्य टोलीले चेकजाँच ग¥यो र आवश्यक औषधी प्रदान ग¥यो । सोही ठाउँकै ९० वर्षिय मनिकर्ण विश्वकर्माले घरमाथि चौतारोमा स्वास्थ्य जाँच गराइन् ।

रुखा, खोकी लाग्ने, हात गोडा दुख्ने, कान नसुन्ने रोगबाट पीडित बनेकी ९० वर्षिय विश्वकर्माले आफ्नै घर आँगनमा निःशुल्क रुपमा स्वास्थ्य जाँच गराइन् । ९० वर्षिय धर्मकुमारी भट्टराईले आफ्नै घर अगाडि निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच गराउँदै सुगर परीक्षण गराइन् । वडा १३ छेर्लुङ्गका मनिकर्ण, धर्मकुमारी जस्तै पँचासभन्दा बढी जेष्ठ नागरिक चौतारोमा बुढौलीका गफ गर्दै घाम तापेर स्वास्थ्य परीक्षण गराएका छन् । जेष्ठ नागरिक मात्र होइन, सुनौलो हजार दिनका आमा र बच्चाहरुले समेत निःशुल्क रुपमा आफ्नै घर टोलमा स्वास्थ्य परीक्षण गराएका छन् ।

तानसेन नगरपालिकाले घर–घरमा स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गरेपछि वडा १३ बौघागुम्वा छेर्लुङ्गका जनताले पहिलो पटक गाउँ टोलमै स्वास्थ्य सुविधा पाएका हुन् । स्वास्थ्य सेवा लिनेमा अधिकांश जेष्ठ नागरिक रहेका थिए । घर–घरमा स्वास्थ्य सेवाको नगर प्रमुख अशोककुमार शाहीले शुभारम्भ गरे ।

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *