गुट उप–गुटको खतरा

नामै लिएर भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र दुई टुक्रामा विभाजित राप्रपादेखि लिएर अनेक साइनबोर्ड राखेर नेता बन्ने होडबाजीमा प्रतिस्पर्धा गरिरहेका मधेशी दलहरुको क्रियाकलाप अहिले जनप्रिय भन्दा पनि अप्रियताले भरिपुर्ण हुदै गएका छन् । प्रजातन्त्रको पुनस्र्थापना देखि अहिलेसम्म झन्डै सवा सय राजनीतिक दलहरु जन्मेका छन् । तर ती सबै निर्वाचन आयोगमा भने दर्ता नभएका पनि हुनसक्छन् । संसद्मा एक सिट पनि जित्ने क्षमता नभएका दलहरु किन खोलिएका होलान् भन्ने कुरा हामी सबैको लागि कौतुहलता र जिज्ञासाको विषय बन्न सक्छ । हामी ती सबै फुच्चे दलहरुको आलोचना गरेर लेख्ने र पढ्ने दुवै पक्षको समय खेर फाल्न चाहँदैनौँ । हामी त आज नेपालका प्रमुख केही राजनीतिक दलहरुभित्र मन्दविषका रुपमा मौलाउँदै गएको गुटगत राजनीतिले गणतन्त्र घोषित नेपालको भविष्यमाथि खतराको घण्टी पो बज्ने हो कि भन्ने चिन्ताले ग्रसित भएका छौं । यस मध्ये आफूलाई क्रान्तिकारी पार्टी हूँ भनेर दावी गर्ने माओवादीको त झण्डै आधा दर्जन चिराहरु जनतामाझ आ–आफ्नो अस्तित्वको खोजी गरिरहेको आभास हुन्छ । यस्तै आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसभित्र पनि गुटगत राजनीति व्यापक मात्रामा लामो समयदेखि हुर्किंदै आएको छ । चुनाव र पार्टीभित्रै झांगिएको गुटगत राजनीतिबाट उत्पन्न हुने परिणामबाट व्यक्तिले जित्छ र पार्टीले हारेको हुन्छ । अन्ततः यसको घाटा राष्ट्रले व्यहोर्नु पर्नेहुन्छ । यस्ता गुट उपगुटका कारण लोकतन्त्र नै खतरामा पर्ने अवस्थाहरुको अत्यका लागि दलहरु समेत  हुनुपर्ने देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *