गापास्तरीय अध्यक्ष कप भलिबलको उपाधी सिद्धेश्वरलाई

पाल्पा, जेठ २८/गाउँपालिकास्तरीय अध्क्षय कप भलिबल प्रतियोगिताको उपाधी सिद्धेश्वरले हात पारेको छ । रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधी वडा १ सिद्धेश्वरले हात पारेको हो । भुवनपोखरीलाई तीन नम्बरले पछाडी पार्दै सिद्धेश्वले उपाधी आफ्नो पोल्टामा पारेको छ । सिद्धेश्वरसँग पराजित भएसँगै भुवनपोखरीको टिम दोस्रो भएको हो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ८ वडाका ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा छहरा, जुठापौवा, बल्डेङगढी र सत्यवतीको टिम पहिलो खेलबाटै बाहिरेका थिए । अन्तिम खेलमा सोमादी र मुझुङ बीच अत्यन्तै घम्साघम्सी भएकोमा सोमादीको टिमले तेस्रो स्थान हात पारेको थियो भने मुझुङले सान्तवना स्थान प्राप्त गर्न सफल भएको छ । खेलमा प्रथम ,द्धितीय र तृतीय हुने टिमलाई क्रमशः नगद २० हजार, १५ हजार १० र सान्तवनालाई ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । खेल अवधि भर उत्कृष्ट र निष्पक्ष रेफ्रीको भूमिका निर्वाह गरेको भन्दै नारायण सारु र दिलबहादुर गाहालाई सम्मान समेत गरिएको थियो । उत्कृट खेलाडीहरु मध्ये १७ जना गाउँपालिकास्तरीय टिममा छनोट भएका छन् । प्रतियोगिता सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
प्रतियोगिताको समापन गर्दै गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले खेलको विकाससँगै खेलाडीहरुलाई खेल प्रति आर्कषण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उपप्रमुख चेतना थापा, प्रवक्ता विष्णु पोखरेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडाअध्यक्ष र खेलप्रमीहरुको उपस्थित रहेको कार्यक्रम वडा सचिव रविन्द्र रायमाझीको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *