गाउँ पस्दै नेता कार्यकर्ता 

भुवन रायमाझी
पाल्पा, बैशाख ६/रैनादेवी छहरा गाउँपालिका भित्र स्थानीय निकायको चुनावको चहल पहल तिब्र रुपमा अगाडि बढेको छ । कस्ले उम्मेद्वार पाउने भन्ने होडबाजी सबै जसो पार्टीमा देखिएको छ । नेपाली काँग्रेस पाल्पाले रैनादेवी छहरा गाउँपालिकाको प्रमुखमा पार्टीमा लामो समयसम्म काम गरिरहेका र हाल नेपाली काँग्रेस पाल्पा साविक ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति रामबहादुर कार्कीलाई उम्मेद्वार बनाउने करिब पक्का भएको छ ।
आधिकारिक घोषणा नभएपनी प्रमुखमा कार्कीलाई नै उम्मेद्वार बनाउने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । रामबहादुर कार्की क्षेत्रीय सभापति भएको कारणले गर्दा र जिल्ला स्तरका नेताहरूसंग अन्य आकांक्षी भन्दा नजिकको सम्बन्ध रहेको कारणले पनि उनि नै उम्मेद्वार बन्ने पक्का जस्तै भएको स्रोतले बताएको छ । यता रैनादेवी छहरा गाउँपालिकामै नेकपा एमालेबाट उम्मेद्वार बन्ने दौडधुप पनि बढी नै छ । नेकपा एमालेबाट उमेद्वार छान्न पार्टीलाई सकस मात्र भएको छैन ५/५ जना आकांक्षी उमेद्वार टुङ्गो लगाउन एमालेको गाउँपालिका स्तरीय भेलाले प्रदेश कमिटिलाई शिफारिस गरेको छ । एमालेबाट केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य रामबहादुर राउत, जिल्ला कमिटी सदस्य झलकबहादुर रायमाझी, पूर्व इलाका इञ्चार्ज रामप्रसाद ज्ञवाली, जिल्ला कमिटी सदस्य लालबहादुर दर्लामी र प्रेम घिमिरेको नाम शिफारिस गरेको छ । साविकका ८ गाविस समावेसमा यो गाउँपालिका बनेको छ । जसअन्तर्गत छहरा गाउँपालिकाको वार्ड नम्बर १ सिद्देश्वरमा १ हजार ८ सय ९९, वार्ड नम्बर २ सोमादीमा १ हजार ९ सय ७१, वार्ड नम्बर ३ भुवनपोखरीमा ३ हजार ४ सय १० र वार्ड नम्बर ४ छहरामा ३ हजार ४ सय १ मतदाता रहेका छन् । त्यस्तै वार्ड नम्बर ५ मुझुङ्गमा १ हजार ५ सय ४३, वार्ड नम्बर ६ जुठापौवामा १ हजार ९ सय ६०, वार्ड नम्बर ७ बढेङ्गढीमा १ हजार ३ सय ४ र वार्ड नम्बर ८ सत्यवतिमा २ हजार १ सय १२ गरी कूल १७ हजार ६ सय १ मतदाता रहेका छन् । रैनादेवी छहरा गाउँपालिकाका जुठापौवा, बढेङ्गढी, सोमादी रमुझुङ्ग नेपाली काँग्रेसका लागि राम्रो पकडको वार्ड मानिन्छन् अन्यमा एमालेको राम्रो रहेको नेताहरुको आँकडा रहेको छ । यो गाउँपालिकामा माओवादीबाट श्रीकृष्ण आत्रेय, रामबहादुर गरंम्जा फर्सबहादुर खाम्चाको नाम चर्चामा रहेको छ । अहिले बिहानदेखि साँझसम्म सबै पार्टीका नेता तथा कार्यकर्ता चुनावी अभियानमा गाउँ पसेका छन् ।

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *