गाउँमै स्वास्थ्य परीक्षण गराएपछि स्थानीयमा खुसी

पाल्पा, जेठ २८/स्वास्थ्य परीक्षणका लागि जिल्ला सदरमुकाम वा नजिकैको स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता खेप्दै आएका स्थानीयहरु स्थानीयस्तरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी भएका छन् ।

नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखाको आयोजनामा सञ्चालित समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रम अन्तर्गत रिब्दीकोट गाउँपालिका ८ फेकको काउले र लुम्वासका स्थानीयले स्वास्थ्य परीक्षण गराए पछि खुसी भएका हुन् । डाक्टर र स्वास्थ्यकर्मीहरु सहितको टोलीले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा ५२ जनाले सेवा लिएका छन् । ४४ जना महिला र ८ जना पुरुष गरी जम्मा ५२ जनाले शिविरमा सेवा लिएका हुन् ।

शिविरमा विशेष गरी महिलाहरुको यौन रोग तथा पाठेघर सम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा ४ जना महिलाहरुलाई पाठेघरको समस्या देखिएको र तत्काल उपचार गर्नुपर्ने डा.कुशल खनालले जानकारी दिए । शिविर स्वास्थ्य कार्यालय, जिल्ला सरकारी अस्पताल, खस्यौली स्वास्थ्य केन्द्र र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत विनोद भारतीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *